फर्निचर व्यवसायी श्रेष्ठद्वारा विद्यालयलाई पंखा सहयोग

दमौली खबर संवाददाता
दमौली, साउन १५ ।
दमौली । तनहुँको एक फर्निचर व्यवसायीले विद्यालयलाई पंखा सहयोग गर्नु भएको छ ।  व्यास नगरपालिका ४ स्थित आरती फर्निचर उद्योगका प्रोप्राइटर विष्णुकुमार श्रेष्ठले व्यास नगरपालिका ५ सागे सेरा स्थित सिन्धु आधारभूत विद्यालयलाई २ थान पंखा सहयोग गर्नु भएको हो । प्रोप्राइटर श्रेष्ठले विद्यालयकी स्रोत शिक्षक सितादेवी कुवरलाई २ थान पंखा आईतबार प्रदान गर्नुभयो । सो विद्यालयमा अध्ययनरत बौद्धिक अपाङ्गता भएका बालबालिका र दलित तथा अल्पसंख्यक कुमाल जातिका बालबालिकालाई पठनपाठनमा सहज होस भन्ने उद्देश्यले पंखा उपलब्ध गराएको श्रेष्ठले बताउनुभयो ।
 गर्मीका कारण प्रभावित भएका विद्यार्थीहरुलाई पठनपाठनमा सहयोग पु¥याउन २ थान भित्ते पंखा उपलब्ध गराएको उहाँले बताउनुभयो । ६ हजार मूल्य बराबरको पंखा श्रेष्ठले उपलब्ध गराएको विद्यालयका प्रधानाध्यापक मदन वाग्लेले जानकारी दिनुभयो  । तरकारी लाइन निवासी परमानन्द गुप्ताले समेत २ थान भित्ते पंखा उपलब्ध गराउने बचन दिएको जानकारी उनले दिए । त्यस्तै सुमन पुस्तक पसलले विद्यालयका बालबालिकाहरुका लागि कापी कलम उपलब्ध गराउने सुमन भट्टराईले प्रतिबद्धता जनाउनु भएको छ । ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button