वार्षिक पुण्यतिथीमा गिरी परिवारद्धारा आश्रमलाई सहयोग

दमौली खबर संवाददाता
दमौली, मंसिर ७ । व्यास नगरपालिका–१ अम्रेनी निवासी गिरी परिवारले आमाको वार्षिक पुण्यतिथीको आश्रममा रहेका आमा बुबाहरुलाई न्यानो कपडा, खाद्यान्न तथा फलफूल सहयोग गरेका छन् ।
स्वर्गिय नानुमाया गिरीको परिवारले बुधबार व्यास नगरपालिका–५ पाटन स्थित राष्ट्रिय परोपकार महासंघद्धारा सञ्चालित वृद्धाआश्रमा सहयोग गर्नु भएको हो । नानुमायाको श्रीमान् राम गिरी, छोराहरु रामजी गिरी, लक्ष्मण गिरी, छोरी मिना गिरी र ज्वाई राम गिरीले सयुक्त रुपमा आश्रममा आश्रित नौ जनाको लागि जकेट, टोपी, जुत्ता, मोजा, खाद्यान्न तथा फलफूल प्रदान गर्नु भएको हो ।
 आश्रममा रहेका बुबा तथा आमालाई जाडो कटाउन सजिलो होस् भने अमेरिकाबाट भाई लक्ष्मण गिरीले सहयोग रकम पठाएकोले सोही रकमबाट मद्धत गरेको जानकारी दिनुभयो । करीव ५० हजार मूल्य बराबरको सहयोग गरेको आश्रमले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button