पर्यटन सँगै कृषिमा अघि बढ्यो बन्दिपूर

लामो समय कोरोनाले थला पारेपछि अहिले त्रास हटेर सबै क्षेत्र र सेवा खुलेका छन् । कोरोनाको प्रभावले भर्खर भर्खर पर्यटनमा बामे सार्दै गरेका क्षेत्र त शिथिल अवस्थामा छ । कोरोनाको महामारीले शिथिल बनेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन हरेक स्थानिय तह लागिपरेका छन् । पर्यकीय क्षेत्रको गन्तव्यको रुपमा चिनिने बन्दिपूरमा आन्तरिक पर्यटक आउने क्रम जारी छ ।
पर्यटकीय क्षेत्रमा अब्बल रहेको बन्दिपूरले अर्थतन्त्र उकास्न कृषि क्षेत्रलाई अघि बढाएको छ ।

कृषि क्षेत्र उकास्न गाँउपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरेको गाँउपालिका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । उनका अनुसार कृषकलाई हलो वितरण, पकेट क्षेत्र निर्माण र बिउ वितरण कार्यक्रम सञ्चालन गरिएको छ । उनले भने,‘गाँउपालिकाले पर्यटनलाई सँगै कृषिलाई पनि अघि बढाउने सोच राखेको छ । त्यसका लागि हामीले विभिन्न कार्यक्रम ल्याएका छौं । ’ गाउँपालिकाले एक हल गोरु पाल्ने कृषकलाई एक थान हलो अनुदानमा उपलब्ध गराउने उनले बताए ।

गोरुलाई विस्थापित हुनबाट जोगाउन र कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा फलामको हलो कृषकलाई उपलब्ध गराउने कार्यक्रम रहेको उनले जानकारी दिए । उनले भने,‘परम्परागत खेती प्रणालीको जगेर्ना गर्न यो कार्यक्रम ल्याएका हौं । ’ यसले कृषि उत्पादनलाई आत्मनिर्भर सँगै गोरु विस्थापित हुनबाट पनि जोगाउन्छ । ’ उक्त कार्यक्रमको लागि मात्र गाँउपालिकाले चालु वर्षमा पाँच लाख रुपैयाँ बजेट विनियोजन गरिएको गाँउपालिकाको कृषि विकास शाखाका प्रमुख सुर्लभ अधिकारीले जानकारी दिए । गोरु र हलोको प्रयोग गरी कृषि कर्म गर्ने कृषकको तथ्याङ्क संकलन भईरहेको उनले बताए ।

उनले भने, ‘गोरु र हलोको प्रयोग गर्ने कृषको तथ्याङक संकलन गदै छौं । वडावडाबाट छनोट गरी विपन्न कृषकहरुलाई हलो उपलब्ध गराउने तयारी भईरहेको छ ।’ नयाँ प्रविधिको आगमनसँगै गोरु पाल्ने र जोत्ने परम्परा हट्दै जान थालेपछि यसको संरक्षण गर्नका लागि पनि गाउँपालिकाले यो अभियानलाई अघि बढाएको उनले बताए । त्यसैगरी गाँउपालिकाले धान मकै र सुन्तलाको पकेट क्षेत्र निर्माण गर्ने भएको छ । पकेट क्षेत्र निर्माणका लागि गाँउपालिकाले बिउ र प्लाष्टिक टनेल वितरण गरेको छ ।

गाँउपालिका भित्रका ४७ घर धुरीलाई ९५ थान प्लाष्टिक टनेल, मुल बिउ र उन्नत बिउ वितरण गरिएको हो । कृषि शाखाका प्रमसु अधिकारीका अनुसार पाँच सय रोपनी क्षेत्रफलमा उत्पादन गरेर गाँउपालिकाले किसान मार्फत खरिद गर्ने योजना गरेको छ । उनले भने,‘हामीले वितरण गरेको बिउ कृषकहरुले उत्पादन गर्नुहुन्छ । उत्पादन भएको वस्तुलाई हामीले खरिद गरि फेरी कृषकलाई नै अनुदानमा दिने योजना हाम्रो छ। ’

उनका अनुसार बिज बृद्धि समुहलाई मुल बिउ र उन्नत बिउ वितरण गरिएको उनले बताए । त्यसैगरी गाउँपालिकाले मिनी टिूलरका लागि २० लाख, कुटानी पिसानी मिलमा पाँच लाख, कृषि टनेलमा तीन लाख रुपैयाँ बजेट विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button