आज देखि खैरेनीटारमा शुक्लागण्डकी महोत्सव हुँदै

दमौली खबर संवाददाता

खैरेनीटार, फागुन ।

तनहुँको शुक्लागण्डकी नगरपालिका स्थित खैरेनीटार बजारमा शुक्लागण्डकी महोत्सव–२०७९ आज देखि हुँदैछ । शुक्लागण्डकी उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव हुने भएको हो ।

आर्थिक, सामाजिक, खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवर्द्धन, शुक्लागण्डकी महोत्सव, कला सीप र संस्कृतिको संरक्षण भन्ने मुल नाराको हुने महोत्सव फागुन २९ गते सम्म महोत्सव सञ्चालन हुने आयोजकले जनाएको छ ।

विभिन्न जातजाती र सुमदायको कला सँस्कृती झल्काउने झाँकीले खैरेनीटार बजार परिक्रममा गरेर महोत्सवको उद्घाटन कार्यक्रम रहेको छ । शुक्लागण्डकीको धार्मिक, पर्यटकीय स्थलसँगै स्थानीय कला सँस्कृति र कृषि उपजको प्रर्बद्धन गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको निर्देशक समुन्द्रराम श्रेष्ठले बताउनुभयो ।

महोत्सवमा स्थानीय कला सँस्कृतिसँगै घरेलु तथा कृषि सामाग्रीको प्रर्दशनी, लोक गायन प्रतियोगिता, भलिबल प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगिता, तानडोरी , नृत्य प्रतियोगिता,रत्यौली प्रतियोगिता, दैनिक ख्यातीप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती, लाइभ कन्सर्ट, दैनिक उपभोग्य बस्तुको खरिद तथा विक्री हुने महोत्सव मुल संयोजक विमलप्रसाद रिमालले बताउनुभयो । महोत्सवबाट भएको आम्दानीको ४० प्रतिशत सामाजिक क्षेत्रमा खर्चने जनाईएको छ ।

प्रचार प्रसार समितिका संयोजक हरि थापाले सास्कृतिक झाँकी पर्दशनी, दगाम भुजिकोट अवलोकन, मिलेनियम ट्रेकको व्यवस्था, धार्मिक तथा ऐतिहासिक स्थलको अवलोकन, रक गार्डेने, नृत्य प्रतियोगिता, लोक गायन प्रतियोगिता, सास्कृतिक कार्यक्रमहरु, भलिबल प्रतियोगिता, लगायतको आर्कषण रहेको जानकारी दिनुभयो । महोत्सवको सबै तयारी पुरा भएको आयोजकले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button