घरमै बसी–बसी रोजगारी

दमौली खबर संवाददाता
साउन २०, दमौली ।
कोरोना भाइरसको संक्रमण फैलिएपछि बन्दाबन्दी भयो । यो समय जिल्लाको व्यास नगरपालिका वडा नं ६ बाहबिसेकी सिता श्रेष्ठले सदुपयोग गर्न सकिनन् । ज्याला मजदुरीको काम पनि भेटिएन । हातमा कुनै सीप पनि थिएन । त्यही भएर बन्दाबन्दीमा कामविहीन जस्तै हुनुप¥यो । अब उनलाई बन्दाबन्दीको समयमा होस् या अन्य कुनै विपतमा परेको बेला पनि खाली बस्नु नपर्ने भएको छ ।
उनले ७ दिनमा क्रिष्टल माला, औंठी, रानीहार गरी झण्डै एक आधा दर्जन गहना बनाउन सफल भईन् । सधै बजारमा गएर महंगोमा किनेर लगाउने क्रिष्टल माला र पोते छोटो समयको तालिम अभ्यासले आफै बनाउन सक्ने भईन् । घरमै बसेर बनाएर अब बिक्री गर्ने योजना उनको छ । ‘भात भान्साको काम सकेपछि खाली हुन्थेँ ।
अब बचेको समयमा मालाका सामान बनाउँछु’ उनले भनिन् ‘राम्रो बनाएर दिन सक्ने हो भने महंगोमा बिक्री हुने रहेछ ।’ सोही ठाँउकी निशा श्रेष्ठलाई पनि अब दुई चार रुपैयाँका लागि अरुसँग हात थाप्नुपर्ने अवस्थाको अन्त्य हुन्छ भन्ने लागेको छ । उनि पनि गृहिणी महिला हुन् । अब क्रिष्टल माला र पोते तयार पारेर आयआर्जन गर्न सक्ने क्षमता विकास भएको छ । उनले भनिन्,‘व्यास नगरपालिकाले हामीलाई सीप सिकायो । अब मैले ब्यावसायिक रुपमै माला, पोते, औंठी र चुरा बनाउने काम गर्न सक्छु ’। कच्चापदार्थ सस्तोमा खरिद गरी घरमै बसेर क्रिष्टल माला, पोते, हार, चुरा र आंैठी बनाउन सक्ने भएका छौं ।’ लकडाउन अवधिभर व्यास नगरपालिकाले आफना नगरका झण्डै एक सय नागरिकलाई स्वरोजगार बनाएको छ । कोरोना भाइरसका कारण स्वदेशमा रोजगारी गुमाएका, विदेशबाट रोजगारी गुमाएर फर्किएका तथा गृहणी महिलालाई लक्षित गरेर स्वरोजगार बनाउने अभियान चलाएको होरु। विभिन्न सीपयुक्त तालिम दिएर आफ्नै ठाउँमा स्वरोजगार भएका उदाहरणहरु छन् । गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सञ्चालन गरेर नगरपालिकाले १० किसिमका तालिम प्रदान गरि उद्यमी बनाएको हो । बन्दाबन्दीको अवस्थामा पनि सीप सिकेर त्यसको सदुपयोगबाट आम्दानी गर्न सकिने विश्वास स्थानीय सरकारको छ । ‘हामी सीप प्रदान गरेर स्वरोजगार बनाउन चाहन्छौं । यो दिशामा अघि बढेका छौं । तालिम दिएर सीप दिने र सीप सिकेकाहरुले उद्यममा संलग्न हुने व्यवस्थापन गरेका छौ ।’ गरिबी निवारण कार्यक्रमका फोर्कल पर्सन एवंम् नगरपालिका शाखा अधिकृत विमल गिरीले भने,‘रोजगारी सिर्जना गर्ने कार्यक्रमको मुख्य उद्देश्य हो ।’ कोरोनाका कारण र त्यसलाई नियन्त्रण गर्न गरिएको लकडाउनले गर्दा धेरैले रोजगारी गुमाउनुपरेको छ । रोजगारी गुमाएकाहरुलाई स्वरोजगार बनाउन अन्य स्थानीय सरकारले पनि यस्तै अभियान चलाउन सके उद्यम विकासमा टेवा पुग्ने थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button