कोरोना संक्रमित खोज्न वडा तहमा एन्टिजेन परीक्षण

दमौली खबर संवाददाता
सुरुमा दुई दिन ज्वरो आयो । त्यसपछि शरीर दुख्न थाल्यो । आलस्य र कमजोरी बढ्दै गयो । कोरोना हो कि भन्ने डरले सताउन थाल्यो । तर, परीक्षण गर्न अस्पताल जान नसकेका शुक्लागण्डकी नगरपालिका वडा नं ७ का ३५ वर्षीय पुरुषले वडा स्तरमा आएको स्वास्थ्यकर्मीको टोलीलाई स्वाब दिए । एन्टिजेन मार्फत गरिएको कोरोना परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आयो । ‘कोरोना देखियो । अहिले त आफूलाई ठिक छ जस्तो लागेको छ’ उनले भने, ‘वडा–वडामा कोरोना परीक्षण गरेर राम्रो भयो । अझै यसलाई सबै माझ लैजान पाए राम्रो हुन्थ्यो ।’ कोरोना पोजेटिभ देखिएकाहरुलाई स्वास्थ्यकर्मीहरुले परामर्श गर्दै होम आईशोलेसनमा बस्न सुझाए । शहरमा लकडाउनका कारण कोरोना संक्रमणदर घटेको देखिए पनि गाउँ तहमा भने कोरोना संक्रमण फैलिएको पाइएपछि पत्ता लगाउन जिल्लामा एन्टिजेन परीक्षणको दायरा बढाइएको हो । स्वास्थ्य कार्यालय तनहँुले प्रत्येक स्थानीय तहलाई एन्टिजेन किट उपलब्ध गराउँदै आएको छ ।

कार्यालयमा पर्याप्त मात्रामा किट रहेकाले स्थानीय तहले मागेजति किट उपलब्ध गराइने कार्यालय प्रमुख शङ्करबाबु अधिकारील जानकारी दिए । ‘पिसीआर रिपोर्ट आउन ढिलाई हुने र एन्टिजेन पनि पिसीआर सरह नै भएकाले यसको दायरा बढाएका छौ, ’ उनले भने, ‘एन्टिजेनबाट १५÷२० मिनेटमै नतिजा आउँछ । ’ कार्यालयमा पछिल्लो पटक सात हजार दुई सय एन्टिजेन किट आएको थियो । एन्टिजेनबाट कोरोना परीक्षणका लागि सबै पालिकाका स्वास्थ्यकर्मीलाई तालिम दिइएको छ । एन्टिजेन परीक्षणका लागि दबाब पनि आउने गरेकाले जोखिममा रहेकालाई मात्रै परीक्षण गर्ने गरिएको छ । ‘कतिपय ठाउँमा चिनेजानेका व्यक्तिले यत्तिकै पनि एन्टिजेन गर्नुपश्र्यो भन्नुहुन्छ, तर अवस्था हेरेर मात्रै परीक्षण गराएका छौ,’ अधिकारीले भने ।

तर जिल्लाका कतिपय ठाउँमा भने समाजबाट अपहेलित हुने डरले सर्वसाधारण परीक्षणको दायरामा आउन मानेका छैनन् । ‘सङ्क्रमित भएपछि हाम्रो समाजले हेर्ने नजर राम्रो नभएकाले लक्षण देखिएपनि कतिपय लुकाएरै बस्ने गरेका छन्, त्यसले जोखिम झन्रु बढाउँछ, ’ उनले भने, ‘यसका लागि सकारात्मक सन्देश फैलाउन पनि उत्तिकै आवश्यकता छ ।’ कोरोना सङ्क्रमणदर व्यास र शुक्लागण्डकीमा तीव्ररुपमा फैलिएको पाईएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button