घिरिङमा बिरामी बोकेको जीप दुर्घटना, एकको मृत्यु पाँच घाइते 

दमौली खबर संवाददाता
तनहुँ,१५बैशाख
तनहुँको छिमेकी जिल्ला नवलपरासी डेढ गाउँबाट बिरामी लिएर पोखरा जाँदै गरेको ग १ ज ७५०२ नम्बरको जीप सोमबार साँझ तनहुँको घिरिङमा गाउँपालिकामा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी सख्त घाइते भएकी नवलपुर बौद्धिक कालिका गाउँपालिका २ निवासी २३ बर्षीय सन्जु पोख्रेलको गण्डकी अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।  नवलपुर बौद्धिक कालिका गाउँपालिका–२ बस्ने ५४ बर्षीय दिलमाया खत्रीको अवस्था पनि गम्भीर सहित पाँच जना घाइते भएका छन् ।  जीपका सहचालक २१ बर्षीय सन्तोष परियारको एक वटा खुट्टा भाँचिएको इलाका प्रहरी कार्यालय भिमादले जनाएको छ । दुर्घटनामा परि नवलपुर बौद्धिक कालिका गाउँपालिका–२ निवासी २६ की सुनिता खत्री, ७ बर्षीय अबिशेक खत्री र छ महिने बालक अनिल खत्री घाइते रहेको इलाका प्रहरी कार्यालय भिमादका इन्चार्ज सई भेषराज रेग्मीले बताउनुभयो । छ महिने बालक अनिल खत्रीको आँखाको अप्रेशन गर्न लैजाने क्रममा तनहुँको घिरिङ गाउँपालिका वडा नं ५ बेलभञ्ज्याङमा जीप अनियन्त्रित हुन गई कच्ची सडकबाट करिब २०० मीटर तल खस्दा सो दुर्घटना भएको हो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button