कोरोना रोकथामको लागि देवघाट सहकारीको सहयोग

देवघाट तनहुँ:

तनहुँ जिल्लाको देवघाट गाउँपालिका वडा न: ५ मा रहेको देवघाट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विश्वव्यापी रुपमा फैलिएको नोबल कोरोना भाइरस संक्रमणको असहज परिस्थितीलाई न्यूनीकरण गर्नका लागि सामाजिक उत्तरदायित्व लाई मध्य नजर राख्दै देवघाट गाउँपालिकाको कोरोना संक्रमण रोकथाम नियन्त्रण र उपचार कोषमा आज पच्चिस हजार रुपैया सहयोग रकम हस्तान्तरण गरेको छ ।

देवघाट बचत तथा ऋण सहकारीका संस्थाका अध्यक्ष अर्जुन अधिकारिले विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) महामारीको रोकथाम, नियन्त्रण तथा कोरोना भाईरस बाट लकडाउनमा पिल्सिएका आर्थिक अवस्था कम्जोर भएका बिपन्न बर्ग तथा ज्याला दारी मजदुरहरुको लागी देवघाट गाउँपालिकाले स्थापन गरेको राहत कोषमा देवघाट बचत तथा ऋण सहकारीका संस्थाले सो रकम सहयोग गरेको अध्यक्ष अधिकारिले जानकारी दिनुभएको थियो। कोरोना भाईरस रोकथाम,नियन्त्रणका तथा लकडाउनमा पिल्सिएका आर्थिक बिपन्न वर्ग तथा ज्यालादारी मजदुरहरुको लागि राहत कोषमा रकमहरु जम्मा गरि सहयोग गरेकोमा देवघाट बचत तथा ऋण सहकारीका संस्थालाई देवघाट गाउँपालिकाका उपाध्यक्ष बिमला थापामगरले धन्यवाद दिनुभएको थियो।

यसरी नै देवघाट गाउँपालिका कार्यालयले कोरोना भाईरस रोकथाम,नियन्त्रणका तथा लकडाउनमा पिल्सिएका आर्थिक बिपन्न वर्ग तथा ज्यालादारी मजदुरहरुको लागि सिद्धार्थ बैक देवघाट साखामा स्थापन गरिएको राहत कोष खाता नम्बर ग७.२.००८१५३८६२०७ मा इच्छुक सहयोगी महानुभावहरुले सहयोग गर्न सक्ने समेत देवघाट गाउँपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी बताउनु भएको थियो । देवघाट गाउँपालिका कार्यालयले कोरोनाबाट वच्न जनचेतना मुलक सन्देश पनि प्रवाह गरिदै आईरहेको छ। उक्त सहयोग हस्तान्तरण कार्यक्रममा देवघाट गाउँपालिका वडा न: ५ का वडा अध्यक्ष याल बहादुर गुरुङ्ग, वडा न: १ का वडाअध्यक्ष भिम बहादुर गुरुङ्ग,देवघाट बचत तथा ऋण सहकारीका संस्थाका सचिव युबराज साखी,सदस्य बद्रीप्रसाद मिश्र र लेखा संयोजक बिष्णुप्रसाद सुवेदी लगायतको उपस्थिती रहेको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button