तनहुँको बिकासमा जोशीको भुमिका

राजेन्द्र परियार |
भन्निछ हे भगवान शत्रु बाट त बाच्न सक्छु तर आफ्नै मित्र बाट बचाउ मलाई , त्यस्तै भयो कांग्रेसका पुर्ब सहमहामन्त्रि गोविन्दराज जोशीलाई । २००६ सालमा तनहुँ जिल्लको रुपाकोटको खाल्टेमा जन्मेका जोशी गाउँ मुखियाका छोरा हुन । महामानव वि.पि कोइराला बाट प्रभावित भई नेपाली कांग्रसमा प्रबेश गरेका थिए । जोशीलाई राजनितीको चतुर खेलाडीको रुपामा हेरिन्छ । जोशी पन्ध्र बर्षको कलिलो उमेर देखि राजनितीमा लागेका हुन् बिद्यार्थी मञ्चको अध्यक्ष देखि नेपालका गृहमन्त्री समेत भइसकेका जोशीले आफु शक्तिमा रहदा समग्र तनहुँको बिकासलाई जोड दिइएको पाइन्छ । २०२४ सालमा स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्ष भएर काम गरेका जोशी २०२६ सालमा ९ जना सदस्य लिई तनहुँ कांगे्रस जिल्ल कार्य समिती गठन गरेको बताउछन् । कांगे्रसमा काम गर्दै जादा २०३० सालमा तनहुँ कांगे्रसका सचिव तथा उपसभापति भए ।

राजनिती संगै ंअध्यापक पेशामा रहेका उनी तनहुँको त्रिभुवन माध्यामिक विद्यालको संथापक प्रधानअध्यापक रहेर ६ बर्ष निशुल्क अध्यापन गराए । त्यस लगतै रिसिङ शिव माध्यामिक विद्यालका प्रधानअध्यापकको रुपमा काम गरे त्यसैले उनी तनहुँमा जोशी सरको नाममा परिचित छन । आफनो अध्यापन कालमा २ बर्ष आदिकवी भानुभक्त क्यापसका संथापक समेत भएर कम गरे । उनी पेशाले वकिल पनि थिए । तनहुँ , लमजुङ ,कास्की र गोर्खामा उनले आफ्नै छुट्टै पहिचन बनाइ सकेका थिए । धेरै जस्तो मुद्दामा बहस गर्न उनलाई छिमेकी जिल्लामा बोलाइन्थ्यो ।

१२ बर्ष वकिल पेशामा आबद्ध रहे पछि उनि तनहुँ बार यसोसियसनको अध्यक्ष र पश्च्मिाञ्चल बार यसोसियसनका उपाअध्यक्ष भए । त्यस समयमा नेपालमा पञ्चायती राजतन्त्र रहेको थियो । पञ्चायती राजतन्त्र शासनको बिरुद्द आन्दोलनमा सरिक भएकोमा उनी ४ बर्ष जेल परे । जेल जिवन यापन गरे संगै उनि राष्ट्र राजनितीमा लागि परे । २०४८, २०५१ तथा २०५६ सालमा तनहुँ बाट प्रतिनिधी सभा सदस्य भई ८ बर्ष पार्टीको केन्द्रिय सदस्य र १ कार्यकाल पाटीको सहमहा मन्त्री भए । जोशी तनहुँ बाट निर्वाचित भएर राष्ट्रि राजनितीमा प्रभाबशाली नेताको रुपमा हेरिन थाले । उनी प्रतिनिधी सभा सदस्य हुदै शिक्षा मन्त्री , खानेपानी तथा सरसफाई मन्त्री, जलस्रोत मन्त्री , स्थानीय बिकास मन्त्री ,शिक्षा संस्कृती तथा समाजकल्याण मन्त्री र गृहमन्त्री समेत भएका नेता हुन । , आफु शिक्षा मन्त्री हुदा तनहुँको शिक्षा क्षेत्र बिकास गर्नेको लागि एकै पटकमा ४० ओटा माध्यामिक विद्यालको स्वीकृती दिएका थिए ।

गृहमन्त्री हुदा कांग्रेस तनहुँको पार्टी कार्यलयको जग्गा १४ लाखमा किनेका र सानेपामा रहेको केन्द्रीय कार्यलय बनाउन महत्वपुर्ण भमिका खेलेका थिए । जोशीले भानुमा रहेको सशस्त्र तालिम केन्द्र , दमौली चापाघाटमा रहेको शिक्षक तालिम केन्द्र , भिमादमा प्राविधिक तथा व्यावसायिक तालिम केन्द्र , भानुमै रहेको भानु जन्मस्थल विकास आयोजना , देवघाट विकास आयोजना मदरसा विद्यालको व्यवस्थापन,बन्दिपुर जाने बाटो कालो पत्री , तनहुँमा विद्युतको बिस्तार , टेलिफोन बिस्तार ,सडक क्षेत्रमा बिस्तार ,खानेपानी को सहरीकरण संचारको बिस्तार र पुल निर्माण लगाएतको महत्वपुर्ण विकास काम गरे ।

जस्का कारण आज पनि उनलाई गृहजिल्लमा हाई हाई र बिकास प्रेमी नेताको रुपमा हेरिन्छ । यस्तो बिकास प्रेमी नेताका रुपमा गोविन्दाराज जोशीलाई तनहुँले पाउनु तनहुँबासीलाई सैभाग्यको कुरा थियो । तर दुर्भग्यबस उनलाई भ्रष्टचारको आरोप लगाइयो । आफु सत्तामा र पावरमा रहदा उनले आफ्नो काममा निरतरता दिइरहे र शत्रु बाट जोगिए । तर उनलाई आफ्नै मित्रहरुबाट सुनियोजित रुपमा भ्रष्टचारको आरोप लगाइयो । आरोप लागे संगै उनको पावर क्रमश रुपमा घट्दै गयो । अहिले उनको बिरोधी तिनै हुन् जुन समयमा उनि पावर र सत्तामा रहदा जोशी सर जोशी सर भन्दै अगाडी र पछाडी हुने गर्थे । उनी अहिले कुनै पदमा नरहे पनि उनले गरेका बिकासको कामको चर्चा आज पनि जिल्लामा भइरहन्छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button