-गीत-

गीत
राजन गिरी ‘राज’

सुख पर्दा सबै आफ्ना , दुख पर्दा पराई
आफ्नो भन्नु यिनै रैछन , हिमाल पहाड तराई ।
जीवन एउटा कहानी हो , बोतल भित्र बन्द
बिर्को खोल्न थाल्यौ भने , आउँछ त्यस्मा गन्ध
गर्न हुन्न रिस राग , आत्मा जलाइ जलाई
आफ्नो भन्नु यिनै रैछन , हिमाल पहाड तराई ।
सुख पर्दा …
आफ्नो भन्नु …
आँखा भरी रंगशाला , हाँस खेल रमाऊ
रुपियाँ त आउँछ जान्छ , धेरै इज्जत कमाऊ
फाइदा छैन जिन्दगीमा , मन साँघुरो गराई
आफ्नो भन्नु यिनै रैछन , हिमाल पहाड तराई ।
सुख पर्दा सबै आफ्ना , दुख पर्दा पराई
आफ्नो भन्नु यिनै रैछन , हिमाल पहाड तराई ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button