शिक्षकको समस्या समाधान गर्न जरुरी

दमौली खबर संवाददाता

नेपाल शिक्षक महासङ्घको नेतृत्वमा देशैभरका शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् । आन्दोलनको क्रममा देशैभरका स्थानीय तहमा तीन घण्टा धर्ना दिइसकेका छन् भने साउन ३० गते शिक्षा विकास तथा समन्वय एकाईमा धर्ना दिएका छन् । महासङ्मा आबद्ध सबै घटक संस्थाहरुले बिहान ११ बजेदेखि दुई बजे सम्म तीन घण्टा धर्ना दिएका हुन् । शिक्षकहरु आन्दोलनमा उत्रिनु पर्ने अवस्थाको कारण के हो ? यसका समाधानको उपाय के छ ? भन्ने कुरा सरकारलाई अवगत नै छ । सरकारले शिक्षकलाई जे जति सम्मान दिनु पर्ने हो त्यो दिन सकेको छैन । निजामती कर्मचारी सरह सुविधा शिक्षकले पाउन सकेका छैनन् । तर सरकारी विद्यालयमा कार्यरत शिक्षकले पनि राजनीति धेरै गर्नु हुँदैन । उनिहरुले निजी विद्यालय सरहको नतिजा दिन सकेका छैनन् । केही सामुदायिक विद्यालयले भने निजी भन्दा राम्रो नतिजा ल्याउन पनि सकेका छन् तर धेरै विद्यालय नतिजा भने निजीको तुलनामा कम रहेको छ । निजी विद्यालयका शिक्षकले सामुदायिक विद्यालयको तुलनामा सुविधा पाउन सकेका छैनन् । सामुदायिक विद्यालयका अधिकांश शिक्षक अब्बल छन् । शिक्षक सेवा आयोग उतिर्ण गर्नु भनेको पनि पठाई तेज शिक्षकले नै हो । विगतमा शिक्षा मन्त्रालय र शिक्षक महासङ्घबीच भएका ५१ र ३० बुँदे सहमति कार्यनयन र नयाँ शिक्षा ऐनमा शिक्षकका माग सम्बोधनका लागि दबाब दिन धर्ना दिइएको शिक्षकले बताएका छन् । राम्रो नतिजा ल्याउने शिक्षकलाई सम्मान र नल्याउनेलाई दण्डको व्यवस्था गरिनु पर्दछ ।

Show More

Related Articles

Back to top button