सवारी ज्यान मुद्दाका फरार अभियुक्त १८ बर्षपछि पक्राउ

दमौली खबर संवाददाता

दमौली, माघ १६

तनहुँ प्रहरीले सवारी ज्यान मुद्धामा फरार एक अभियुक्तलाई पक्राउ गरेको छ । लमजुङको मध्ये नेपाल नगरपालिका–३ सोतीपसल बस्ने बर्ष ४० को मिठु सुनार भन्ने अमृतलाल बि.क.लाई सोमबार बिहान पक्राउ गरेको हो ।

व्यास नगरपालिका– ७ सत्रसयमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरी सोमबार तनहुँ जिल्ला अदालतबाट दिन ७ (सात) को म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक युवराज खड्काले बताउनुभयो ।

२०६१ साल असोज १५ गते व्यास नगरपालिका– १० परेवाडाँडामा लमजुङ सोतीपसलबाट दमौलीजाँदै ग १ ख ११०४ नं. को यात्रुवाहक बस अनियन्त्रित भई सडकबाट अं. ५० मिटर तल पल्टिई दुर्घटना भएपछि चालक बिक फरार रहेको उहाँले जानकारी दिनुभयो ।

बसमा सवार यात्रुहरु मध्ये व्यास नगरपालिका–६ बस्ने बर्ष ४६ की मधुमाया बि.क.समेत जना ४ को घटनास्थलमा नै मृत्यु भएको र अन्य १८ जना यात्रुहरु गम्भिर घाईते भएको सवारी ज्यान मुद्दामा अनुसन्धानको क्रममा दुर्घटना पश्चात बिक फरार रहेको प्रनाउ खड्काले बताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button