कुष्ठ रोगीलाई हेला नगरौं

‘‘कुष्ठ रोग अन्त्यको लागि आजै देखि पहल गरौं’’ भन्ने नाराका साथ यो दिवस देशै भरी विविध कार्यक्रम गरी मनाईएको छ । वर्षेनि दिवस मनाईएको भएपनि रोगको बारेमा सचेतना फैलाउन अझै नसकेकोले रोगी लुकेर बस्ने गरेका छन् । अर्को शब्दमा भन्नुपर्दा समाजमा अझै पनि कुष्ठ रोगीहरु खुल्न सकेका छैनन् । समाजले उपेक्षा गर्ने भएकोले हेलत्व हुने सोचले गर्दा रोगीहरुले रोग लुकाएर बस्ने गरेकाले उनिहरु खुल्न नसकेका हुन् । उ जुनिको पापको कर्म भोग्नको लागि कुष्ठरोग लागेको हो भनेर कू प्रचारहरु हुने भएकोले रोगीले रोग लुकाउने गरेको छन् । रोग लुकाउँदा अरुलाई सर्ने डर मात्रै हुँदैन रोगीको ज्यानै जोखिममा पर्दछ । यकिन तथ्याङ्क सङ्लन गर्न कठिन हुनु विडम्बना हो ।

चालु आर्थिक वर्षको हाल सम्ममा व्यास नगरपालिकामा तीन, आँबुखैरेनी गाउँपालिकामा २, देवघाट गाउँपालिकामा र बन्दीपुर गाउँपालिकामा एक ÷एक गरी सात जना विरामी रहेका उनिहरुले नियमित उपचार गरिरहेका छन् । तनहुँमा गत आर्थिक वर्ष २०७८÷०७९ मा १३ जना कुष्ठ रोगीका विरामी फेला परेका थिए । समयमा उपचार गरे कुष्ठरोग निको हुन्छ र अङ्गभङ्ग हुँदैन भन्ने चेतनाको अभावले गर्दा जिल्लामा कतिपय कुष्ठरोगका बिरामी रोग लुकाएर बस्ने अनुमान गरिएको छ । नियमित औषधि सेवन गरे रोग निको हुने भएकोले रोगबाट डराउनु पर्दैन । जिल्लाका सबै स्वास्थ्य संस्थामा कुष्ठरोगको निःशुल्क औषधिको व्यवस्था गरिएको र त्यस्ता रोगका बिरामीले समयमै नजिकको स्वास्थ्य संस्थामा गएर नियमित औषधि सेवन गरी रोग न्यूनिकरणको लागि मद्धत गर्नुपर्दछ । कुष्ठरोग आँखाले देख्न नसकिने ‘माइक्रो ब्याक्टेरियम लेप्रे’ नामको सूक्ष्म किटाणुबाट लाग्ने हुँदा छालामा असर गर्दा शरीर नचिलाउने, छुँदा थाहा नहुने, दाग देखिने, छाला बाक्लो हुने, गिर्खा देखापर्ने र समयमा उपचार नगरे मांसपेशी कमजोर बनाइदिने लगायतको समस्या हुने भएकोले बेलैमा उपचार गर्नु पर्दछ । सन् २०३० सम्ममा यो रोग निवारण गर्ने योजना छ । यसलाई पनि सबैले साथ र सहयोग गर्नुपर्दछ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button