नेपाल यातयात मजदुर सङ्घको बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

दमौली खबर संवाददाता

दमौली, चैत ५

नेपाल यातायत मजदुर संघ जिल्ला कार्य समिति तनहुँद्धारा आयोजित शुभेच्छुक संघका अध्यक्षलाई बधाई तथा शुभकामना कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

नेपाल ट्रेड युनियन कांग्रेस तनहुँका कार्यबाहक अध्यक्ष लोकराज सेढाईको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । सो कार्यक्रममा शुभेच्छुक सस्था नेपाल प्रेस युनियन तनहुँका अध्यक्ष अमरराज नहर्की, नेपाल वित्तिय सस्थानका अध्यक्ष सुर्दशन गोदार, नेपाल प्रेस युनियन गण्डकी प्रदेशका सदस्य शंकरराज नहर्की, , इकाईका अध्यक्ष सन्तबहादुर जलारी लगायतलाई बधाई तथा शुभकामना व्यक्त गरिएको हो । प्रमुख अतिथि ट्रेड युनियन कांग्रेसका कार्यबाहक अध्यक्ष सेढाई, नेपाल यातायात मजदुर संघ तनहुँका अध्यक्ष रघुनाथ खनाल, पूर्व अध्यक्ष कुशेश्वर गुरुङ, नेपाल ट्रेड युनियन कांग्रेस तनहुँका उपाध्यक्ष कृष्णबहादुर केसीले सयुक्त रुपमा बधाई तथा शुभकामना व्यक्त गर्नुृ भयो ।

सो अवसरमा प्रमुख अतिथि सेढाईले एकता नै बल भएकोले संघ सस्थाले बोलेको आवाजले मात्रै सुनुवाई हुने बताउनुभयो । आफ्नो हक र अधिकार प्राप्त गर्नको लागि सबै मजदुर एक भएर दबाब दिईनु पर्ने र त्यसको लागि आफ्नो सम्बन्धित सस्थामा गोलबद्ध हुनु पर्ने बताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button