धरमपानीमा निशुल्क दन्त शिविर सम्पन्न

दमौली खबर संवाददाता

दमौली, चैत ५

तनहुँको बन्दीपुर गाउँपालिका वडा नम्बर ६ मा शनिबार गरिएको निशुल्क दन्त शिविरबाट १२५ जना लाभाविन्त भएका छन् । बन्दीपुर गाउँपालिका वडा नम्बर ६ को आयोजना तथा दमौली, भोर्लेटारचोक स्थित ढोरवाराही दन्त सेवाको आयोजना गरिएको धरमपानी स्वास्थ्य चौकीमा गरिएको शिविरबाट उक्त संख्यामा लाभान्वित भएका हुन् ।

शिविरको उद्घाटन वडाध्यक्ष बलबहादुर गुरुङको अध्यक्षतामा भएको थियो । सो अवसरमा वडाध्यक्ष गुरुङ गाउँमा दुर दराजमा आर्थिक कठिनाई तथा जनचेतनाको कमिले दाँतका विरामीहरुलाई बढीरहेकोले सहज रुपमा सेवा शिविरको आयोजना गरिएको बताउनुभयो । शिविर ढोरवाराही डेन्टल केयर सेन्टरका सञ्चालक डेन्टिस् भरत पोख्रेलको नेतृत्वको टोलीले दाँतको उपचार गरेको थियो । शिविरमा आएका विरामी मध्ये ८० जनाको दाँत फुकालिएको र डेढ लाख रुपैयाँ औषधी समेत निशुल्क बाँडिएको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button