दुई जनाको हत्या आरोपी बिक साढे ८ वर्ष देखि फरार

दमौली खबर संवाददाता
तनहुँ, जेठ १८ गते
बञ्चरो प्रहार गरी दुई जनाको विभत्स रुपमा हत्याका आरोपी एक व्यक्तिलाई साढे आठ वर्ष देखि फरार रहेका छन् ।
व्यास नगरपालिका– ५ काउराको बोटमा हत्या गरेपछि फरार रहेका २९ वर्षीय लक्ष्मण वि.क. हाल सम्म पनि पक्राउ गर्न नसकिएको हो । घटना लगतै उनी विरुद्ध पीडित परिवारले कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गरेपछि प्रहरीले खोजीलाई तिब्रता दिदै आएको छ । दुई जनाको ज्यान जाने गरी घटना भए पश्चात फरार रहेका वि.क.को प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अगाडि बढाएको बताइएको छ । प्रहरी नायब उपरीक्षक मोहन बहादुर खाँणले सो घटनाका आरोपीको तिब्र रुपमा खोजी भइरहेको पनि फेला पार्न नसकिएको बताउनुभयो ।
खाँडले भन्नुभयो, ‘‘इन्टरपोल लगायत विभिन्न तरिकाबाट खोजी गर्दा समेत फेला पार्न सकिएको छैन उनी भारतमा लुकेर बसेको हुन सक्ने अनुमान गरेका छौं’’ वि.क.लाई नियन्त्रणमा लिन सिआइबीको टोली समेत लागिरहेको प्रहरीले जनाएको छ । साढे ४ सय भन्दा बढी फरार अभियुक्तहरु पक्राउ गरिसकिएको तनहुँ प्रहरीले वि.क.लाई भने अहिलेसम्म नियन्त्रणमा लिन नसक्दा पीडित परिवार निराश बन्दै आएको छ । २०७१ पुस १८ गते राती शङकर वि.क. र उनकी छोरी मनिषा वि.क.को हत्या गरेको आरोप लागेपछि विक फरार रहेका थिए । हत्या भएको लामो समयसम्म पनि वि.क. पक्राउ नहुँदा पीडित परिवार चिन्तित हुँदै आएका छन् । मृतक मनिषाकी आमा मधुले हत्यामा सङ्लग्नलाई अहिलेसम्म पनि पक्राउ पर्न नसक्दा दुख्छ लागेको बताउनुभयो । न्यायका लागि आफु जिल्ला प्रहरी कार्यालय हुँदै काठमाण्डौं समेत पुगेर निवेदनहरु दिएको उहाँले बताउनुभयो ।
कास्की सात मुहाने निवासी वि.क.को छरछिमेकमा समेत सोधखोज भइरहेको प्रहरीले जनाएको छ । प्रहरी धेरै पटक उनको घरमा पुगेर फर्किसकेको छ । कतैबाट आउने वित्तिकै त्यसको सूचना दिन छिमेकी र परिवारजनलाई समेत प्रहरीले सचेत गराइ सकेको छ । विदेशमा ती व्यक्ति कतै लुकेर बसेको हुन सक्ने भएकाले इन्टरपोल मार्फत खोजी भइरहेको हो । मोवाइल लोकेशनका आधारमा केही वर्ष अघि रुपन्देही आसपास देखिएका लक्ष्मणलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय तनहुँका मुद्दा शाखाका तत्कालीन प्रहरी नायब निरीक्षक मनोज पाण्डेको नेतृत्वमा सिविलमा पछ्याउदै गएको टोली आएको चाल पाएपछि वि.क. भारततर्फ नै फरार भएका छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button