पौडी खेल्दा बेपत्ता नेपाली फेला परेनन्

दमौली खबर संवाददाता

पौडी खेल्ने क्रममा नदीले बेपत्ता हुनु भएका भानु नगरपालिका–. ८ बारीफाँट बस्ने बर्ष ३५ को सुकबहादुर नेपालीलाई फेला पार्न सकिएको छैन ।
घर नजिकै म¥याङ्दी नदीको किनारामा शनिबार पौडी खेल्ने क्रममा नेपालीलाई नदीले बगाएको बिहिबार विहान सम्म पनि फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय भानुबाट प्रहरी निरीक्षक समेतको प्रहरी टोली, मनकामना गण भानु तनहुँबाट उद्धार सामाग्री सहितको शसस्त्र प्रहरी बल र स्थानीय वासिन्दाको समेतको संयुक्त टोली उक्त स्थानमा खटिई गई खोजतलास भईरहे पनि फेला पार्न सकिएको छैन । नदी धमिलो भएकोले फेला पार्न कठिन भएको इलाका प्रहरी कार्यालय भानुले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button