वागेश्वरी मोटरबाटो सबै कालोपत्रे गरौं

दमौली खबर संवाददाता

भानु नगरपालिकामा पर्ने भानुमार्ग र व्यास नगरपालिकामा पर्ने पृथ्वीराजमार्ग जोड्ने बागेश्वरी मोटरमार्ग ढिलै भएपनि सञ्चालनमा आएको छ । बनेपछि स्थानीय बासिन्दालाई यात्रा अवधि छोटिएको मात्रै छैन धुलो खानुपर्ने र जाममा पर्नु पर्ने बाध्यता समेत हटेको छ । यात्रा छोटिदा समयको बचत हुनुका साथै विदेशबाट आयात हुने प्रेट्रोलियम पद्धार्थको खपत कम भएको छ । पृथ्वीराजमार्ग पर्ने व्यास नगरपालिका १२ घाँसीकुवादेखि भानु मार्गमा पर्ने भानु नगरपालिका– ७ चन्द्रावती जोड्ने यस मार्गमा मोटर गुड्न थालेपछि डेढ घण्टाको यात्रा अवधि ३० मिनेटमा छोटिएको बाँकी भागलाई कालोपत्रे गर्न बजेट विनियोजन गर्नुपर्दछ । भानु नगरपालिकाको वडा नम्बर ४, ५, ६, ७, १२ नम्वर वडाका नागरिकलाई आवज जावतमा सहज भएको छ पृथ्वीराजमार्ग विस्तारको कार्य भईरहेकोले डुम्रेबाट दमौलीसम्मको १८ किलो मिटर धुलाम्मे सडक र जाममा परेर यात्रा पार गर्नुपर्ने बाध्यता हटेको छ यो खुसीको कुरा हो । करिव ३० बर्ष अघि खन्न सुरु गरेको उक्तमार्गमा नियमित बस सञ्चालन हुनु थप खुसीको कुरा हो । वागेश्वरी मार्ग जस्तै अन्य वैकल्पिक मार्गहरु पनि दुरी छोटिने खालको छ भने त्यस तर्फ ध्यान दिनु पर्दछ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button