सार्वजानिक विदा अनुपयुक्त

आज तत्कालिन माओवादीले सुरु गरेको शसस्त्र जनयुद्ध सुरू गरेको दिन । त्यसकै नायक पुष्पकमल दाहाल प्रचण्ड देशको कार्यकारीमा हुनुहुन्छ । प्रचण्ड नेतृत्वको सरकारले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते देशैभरि सार्वजनिक बिदा दिएको छ । यसअघि कर्णाली र बागमती प्रदेश सरकारले जनयुद्ध दिवसको दिन पारेर फागुन १ गते बिदा दिने निणर्य गरेका थिए । २०५२ साल फागुन १ गतेदेखि तत्कालीन नेकपा (माओवादी) ले जनयुद्ध सुरू गरेको थियो । २०६२÷२०६३ को आन्दोलन सफल भएपछि प्रचण्ड नै तीन पटक प्रधानमन्त्री बन्नुभयो । यस पटक कांग्रेसले समेत प्रचण्ड सरकारलाई समर्थन दिएको अवस्था छ । यस्तो अवस्थामा प्रचण्डले जुन नारा लिएर युद्ध सुरु भए ति अधिकांश अधुरै छन् ।

जनताहरु मंहगीको मारमा छन् । बैदेशिक ऋण बढेको छ । रोजगारी नपाएर युवाहरु विदेशिनु वाध्य छन् । कृषकहरु उत्पादन बिक्री नभएर लागत मूल्य समेत उठाउन नसकेर आन्दोलनमा उत्रिरहेका छन् । प्रचण्डले जुन उद्धेश्यले जनयुद्ध सुरु गर्नु भएको थियो त्यो पुरा गर्न सक्नु पर्दछ । उहाँ आफै प्रधानमन्त्री भएको बेला नगरे कहिले गर्ने । खासमा आज सार्वजानिक विदा दिनु उपयुक्त थिएन । किनभने दिवस सार्वजानिक बिदा नदिकन पनि मनाउन सकिन्छ । जनयुद्धमा आफ्नो प्राण त्याग गर्नेको रगत खेर गईरहेको मशुस भएको छ । जनतालाई सुखी र समृद्ध देश बनाउन सकियो भने मृत्यु वरण गर्नेको आत्माले शान्ति पाउँछ । तर सार्वजानिक विदा दिएर शान्ति पाउँदैन । सहिद परिवारको आँशू बगाएर बसेका छन् । घाईतेको घाउ चराएको छ । त्यस कारण आँशू पुच्छन र मलम लगाउन ध्यान दिनु पर्छ

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button