गायक कटुवाललाई थुनामा राख्न आदेश

दमौली खबर सम्बाददाता
चैत १ , दमौली

नेपाली लोक गीतका चर्चित गायक प्रकाश कटुवाललाई थुनामा राख्न जिल्ला अदालत तनहँुले आदेश दिएको छ । डुम्रे स्थित डाँफे होटलका सञ्चालक लालकाजी गुरुङ माथि भएको आक्रमणमा उनलाई जिल्ला प्रहरी कार्यालय तनहँुले पक्राउ गरि हिरासतमा राखिएको थियो । हिरासतामा झण्डै एक महिना सम्म बसेका उनलाई शुक्रबार अदालतले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो ।

गत फागुन २ गते लाई गुरुङलाई टाउकोमा रड प्रहार गरेको घटनामा गायक कटुवालको संलग्नता रहेको भन्दै किटानी जाहेरी परेपछि उनलाई प्रहरी नियन्त्रणमा लिएको थियो । कटुवाल विरुद्ध गुरुङकी छोरीले किटानी दिईएकी थिईन् । गम्भीर घाइते भएका गुरुङको पोखरास्थित मनिपाल शिक्षण अस्पताल पश्चात् थप उपचारको लागि काठमाडौं स्थित अन्नपुर्ण न्यूरो अस्पतालमा रिफर गरिएको थियो । उपचार गराए पछि गुरुङको अवस्था समान्य रहेको जनाईएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button