संविधान संशोधनको खुशीयालीमा दमौलीमा दिप प्रज्वलन

बि बि श्रेष्ठ
दमौली, तनहुँ

नेपालको संविधान २०७२ को दोश्रो संशोधनको खुशीयालीमा तनहुँको सदरमुकाम दमौली बजारमा दिप प्रज्वलन गरिएको छ । नेपालको संविधान २०७२ को अनुसुचि ३ म रहेको निसान छाप परिवर्तन गर्ने कार्यक्रम संसदबाट सर्वसम्मत पारित भएको खुशीयालीमा नेपाल नक्सा अंकित दिप प्रज्वलन गरिएको हो । शनिबार साँझ भएको उक्त कार्यक्रम संसदबाट लिपुलेक–कालापानी र लिम्पियाधुरा सहितको नयाँ नेपालको नक्सा जारी भएको उपलक्ष्यमा दिपप्रज्वलन गरिएको नेकपा व्यास नगर कमिटीको अध्यक्ष श्रीराम कार्कीले बताएका छन् ।

कार्यक्रमको प्रमुख अतिथीको रुपमा आएका नेकपाका केन्द्रिय सदस्य पि एल श्रेष्ठले लिपुलेक–कालापानी र लिम्पियाधुरा नेपालको नै भएको दावी गर्दे तथ्य र प्रमाणले समेत पुष्टि गरेको दावी गरेका छन् । यो नेपालको नै भुभाग हो, तर भारतको हेपाहा प्रवृत्तिले गर्दा नेपालले यो अवस्था भोग्नु परेको बताएका छन् । श्रेष्ठले कार्यक्रममा बोल्दै, नेपाल सधै भारतको मित्र हो तर भारतले कहिल्यै पनि नेपाललाई मित्रवत व्यवहार नगरेको, यो अवस्था अव नेपाल र नेपालीलाई स्वीकार्य हुदैने । समानताको आधारमा मित्रवत व्यवहार नै अवको आवश्यकता हो । भारतले २०५३ सालमा भएको महाकाली सन्धी विपरित गएर काम गरेकोे र अव यो सह्य नहुने बताएका छन् ।

कार्यक्रमा उपस्थित अर्का केन्द्रिय सदस्य एकबहादुर रानाले नेपालले सहनुको अर्थ नेपाल कमजोर छ भन्ने सोच्नु भारतको कमजोरी भएको बताएका हुन् । राष्ट्रिय सवालमा नेपालको राजनैतिक दलहरु एक ठाँउमा छ भन्ने संविधान ससोधनमा देखिएको अभुतपुर्व एकताले नै सन्देश दिएको उनले जिकिर गरे । हामीलाई हाम्रो भुमि चाहिन्छ, यसका लागी हामी पुन वैचारिक वहस गर्न तैयार छौ, नेकपा तनहुँका जिल्ला सचिव राजेन्द्र केशरी न्यौपानेले भने । भारतले ईपीजी प्रतिवेदन समेत नबुझेर दादागिरी देखाएको छ । सिमानामा भएको बिवाद समाधानका लागी गठित समितीले दिएको प्रतिवदेन नबुझेर भारतले हेपाहा प्रवृत्ति फेरि पनि प्रकट गरेको छ , यो नेपालीका लागी सह्य हुन सक्दैन, जिल्ला सचिव न्यौपानेले भने ।

कार्यक्रमका अध्यक्ष एवं व्यास नगर कमिटिका अध्यक्ष श्रीराम कार्कीले नेपाल र नेपालीलाई कमजोर सोच्नु भारतको हितमा नहुने बताए । विश्वमा यति धेरै कोरोनाले आक्रान्त पारिरहेको अवस्थामा भारतले नेपालको भुभाग अधिग्रहण गर्नु भनेको कमजोर मानसिकता शिवाय केहि होईन, भुगोलमा सानो ठुलो भएता पनि भौगोलिक अखण्डता, स्वतन्त्रता र सार्वभौमसत्तामा नेपाल र भारत समान छ, त्यसैले विस्तारवादी प्रवृत्ति तत्काल बन्द गरियोस, देशको अस्तित्व रक्षामा नेपालका राजनैतिक दल, जनताहरु एकतावद्ध छ र रहनेछ जुन कुरा संविधान संशोधनमा पनि देखियो, यो वा त्यो बहाना नेपालमाथी खेल्ने दुस्साहस नदेख्न म भारतलाई आग्रह गर्न चाहन्छु, कार्यक्रमको सम्वोधन गर्दै अध्यक्ष कार्कीले भने ।

सदरमुकाम दमौली बजारको मुख्य चोकमा गरिएको दीप प्रज्वलन कार्यक्रममा अनेमसंघ तनहुँको अध्यक्ष मनमाया श्रेष्ठ, आदिवासी जनजाति महासंघ तनहुँको अध्यक्ष बसुन्धरा घर्ती, युवा संघ नेपाल तनहुँको अध्यक्ष ईश्वर बस्याल, अनेरास्वियु तनहुँका अध्यक्ष डम्वर विक, मुस्लिम संगठन नेपालका केन्द्रिय सचिवालय सदस्य नुर महमद मिया, नेकपा व्यास वडा नं ४ का वडाध्यक्ष तुलसी पाण्डे लगायतको नेताहरुको उपस्थिती रहेको थियो भने कार्यक्रम नेकपा व्यास नगर कमिटीका सचिव रामचन्द्र सापकोटाले संचालन गरेका थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button