सडक अतिक्रमणगरी राखिएको सामग्री जफत

दमौली खबर संवादादाता
 दमौली, कात्तिक १५ ।
 व्यास नगरपालिकाले सडक पेटी अतिक्रमण गरी राखिएको सामाग्रीहरु जफत गर्ने सड्ने गल्ने सामाग्रीहरुलाई नष्ट गर्ने कामलाई निरन्तरता दिएको छ । यसैबिच व्यास नगर प्रहरीले तिहार आसपासमा सडक पेटी अतिक्रमण गरी राखिएको जफत भएका १० क्रेट खाद्यन्न सामाग्रीहरु नगरपालिका हाताभित्र डिस्पोज गरेको छ । व्यास नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत हरिराम नागिला व्यास– ३का वडाध्यक्ष अनुप राना, नगरप्रहरी सहायक निरिक्षक आशिक परियार तथा सञ्चारकर्मीहरुको रोहबरमा उक्त सामाग्री नष्ट गरिएको प्रशासकिय अधिकृत रामचन्द्र हडखलेले जानकारी दिनुभयो ।
नगरपालिकाले सड्ने सामाग्रीहरुमा मौसम, प्याज, टमाटर मुला, पिडालु, आलु, अमला, कागती, केरा, मितिसिद्धिएको झिलिङ्गा  लगायतका सामाग्रीहरु रहेका छन् । नगरपालिकाले सडक पेटीमा व्यापार व्यावसाय नगर्ने सम्पूर्ण व्यापारीहरुमा आग्रह गर्दे आएको छ

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button