नेता जोशीको उपचार दिल्लीमा

नेपाली काँग्रेसका पूर्व सह महामन्त्री एवम् पूर्व गृहमन्त्री गोविन्दराज जोशीलाई स्वास्थ्य परीक्षणको लागि भारतमा लगिएको छ । झण्डै दुई वर्ष अघि फोक्सोमा संक्रमण देखा परे पछि भारतको मेदान्त अस्पतालमा उपचार गराएर फर्केका जोशीलाई थप स्वास्थ्य परीक्षणको लागि भारत लगिएको हो ।

केहि महिना अघि कोभिड संक्रमण समेत भएका नेता जोशीको फोक्सोमा थप समस्या भएको आशङ्काले परीक्षणको लािग भारत लगिएको उनको सचिवालयले जनाएको छ । यस अघि पहिल्यै पनि स्वास्थ्य परीक्षणको लािग जानुपर्ने भएतापनि लकडाउन र कोभिड संक्रमणका कारण उनीलाई सोमबार दिल्ली लगिएको हो । मंगलबारबाट दुई दिनको लागि उनको परीक्षण र नियमित उपचार भइरहेको बताइएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button