म्याग्देमा १२९ जनाको पाठेघरको मुखमा हुने क्यान्सर रोगको परिक्षण

दमौली खबर संवाददाता
तनहुँ, असोज ६ । तनहुँको म्याग्दे गाउँपालिकाद्धारा गरिएको घुम्ति शिविरमा  १२९ जनाको पाठेघरको मुखमा हुने क्यान्सर रोगको परिक्षण गरिएको छ ।
     शिविरको मानहुँमा ४६, गुणादीमा ३३ र बाख्रे गाउँमा ५० गरी सो सङख्यामा महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सर रोगको परिक्षण गरिएको गाउँपालिकाले जनाएको छ । परिक्षणको क्रममा ११ जनाको क्यान्सर शङ्कास्पद भेटिएको, १० जनाको आङ्घ खस्ने समस्या देखिएको छ । ३ जना महिलाहरुको पाठेघरको मुखमा मासु पलाएको समस्या देखिएको थियो । समस्या देखिएका ६ जनालाई सम्बन्धित अस्पतालमा रिफर गरिएकोे स्वास्थ्य शाखा प्रमुख दिनेश गौतमले वताउनुभयो । शिविरमा भिआईए.(दृष्य निरीक्षण कार्य) विधिबाट पाठेघरको मुखको क्यान्सर सम्बन्धी सम्भावनाको जाँचगर्दा भविष्यमा ८ देखि १० प्रतिशत महिलामा पछि गएर क्यान्सर हुन सक्ने सम्भावना देखिएकाले शिविरकै क्रममा उपचार गरिएको गाउँपालिकाले जनाएको छ ।
महिलामा हुने आङ खस्ने समस्याको पहिचान र निराकरणका साथै महिलाहरुको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर भएका र हुने सम्भावित खतरामा रहेका महिलाहरुको जाँच र उपचार गर्ने उद्देश्यले स्वास्थ्य शिविर गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताउनुभयो । पाठेघरको मुखको क्यान्सर हुने सम्भावना भएका महिलाहरुले शिविरकै क्रममा उपचार पाएका छन । जसबाट उनीहरु भविष्य मा क्यान्सरको सिकार हुनपर्ने जोखिमबाट सुरक्षित भएका छन् ।
एकिकृत घुम्ती शिविर अन्र्तगत कृषि सेवा, पशु सेवा, महिला विकास अन्तर्गत जेष्ठ नागरिक र अपाङ्ग परिचय पत्र वितरण, योजना सम्झौता, पञ्जिकरण र स्वास्थ्य सेवा तर्फ बहिरङ्ग सेवा जसमा विरामीहरुको स्वास्थ्य परिक्षण, उपचार तथा औषधि वितरण, प्रयोगशाला सेवा जसमा रगतमा ग्लुकोज परिक्षण, महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सरको परिक्षण, कोभिड १९ बिरुद्धको खोप सेवा, आयुर्वेद स्वास्थ्य सेवाहरु दिईएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो । असोज २ गतेबाट सुरु भएको शिविर असोज ३१ गतेसम्म चल्ने पालिकाले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button