तनहुँ जलविद्युत आयोजना कामलाई तिब्रता दिऔं

सुख्या याममा भारतबाट विद्युत आयात गर्ने बाध्यताको अन्त्यको लागि निर्माणधिन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको विशेष महत्व छ । यही महत्वले गर्दा नेपाल सरकारले यस आयोजनलाई प्राथमिकतामा राखेको छ । यसैक्रममा आयोजनाको दुई वटै डाइभर्सन टनेल छेडिनु खुसीको कुरा हो । टनेल १ को छेडिएको डेढ महिना पछि टनेल २ पनि छेडिएको हो । आयोजनाको ड्याम निर्माणका लागि नदीको पानी तर्काउनुपर्ने भएकाले डाईभर्सन बनाईएको र दुईवटैकै सुरुङ छेडिएको आयोजनाले बताएको छ । तीन चरणमा काम भइरहेको र हालसम्म ३१ दशमलव ८२ प्रतिशत वित्तीय प्रगति भएको छ । यस अवधिमा १३ अर्ब ७५ करोड ६७ लाख ५० हजार रुपियाँ खर्च भएको बताईएको छ । आयोजनाको समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ यही अनुसारको काम हुनपर्दछ । आयोजनाबाट विद्युत उत्पादनको पहिलो १० वर्ष सम्म वार्षिक औषत विद्युत उत्पादन ५८ करोड ७७ लाख, त्यसपछि ४८ करोड ९९ लाख युनिट उत्पादन हुने बताईएको छ । तोकिएकै समयमा काम पुरा गर्न कामलाई तिब्रता दिनुको विकल्प छैन । कामलाई तिव्रता दिन सरोकारवाला सबैले मद्धत गर्नुपर्दछ । यो आयोजना जिल्लावासीको लागि गौरवको आयोजना पनि हो । आयोजनाको क्षेत्रमा बन्ने तालमा जलविहार गर्न सकिन्छ । यसले गर्दा तनहुँको पर्यटन विकासमा समेत सहयोग पुग्दछ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button