स्वदेशी फूल प्रयोग गरौं

नेपाली बजार यतिबेला सबैभन्दा धेरै फूलको माग हुने गर्दछ । फूलै फूलको मौसम भनेर तिहारलाई भन्ने पनि गरिन्छ । फूल भनेका सौन्र्दयको प्रतिक हो । फूल कोमलताको प्रति पनि हो साथै फूलको सुगन्धले झन् मोहित बनाउँछ ।  तिहारमा फूलको मालाको माग धेरै हुन्छ । पहिला गाउँघरमा मखमली फूल र सयपत्री फूल तिहारको लागि आगनीको डिलमा फूलाइन्थ्यो । गाउँ छोड्ने  र बजार सर्ने क्रम बढेसँगै सहरबासीलाई फूल किन्नु पर्ने बाध्यता भएको छ । फूल पहिला सौन्दर्यको लागि  लगाउने गरिएकोमा हाल माग बढेसँगै व्यवसायिक रुपमा फूल खेती गर्ने गरिएको छ । बजारमा प्लाष्टिका फूल र भारतीय बजारबाट आउने फूलले गर्दा नेपाली बजार लिने गरेको पाइन्छ । तर नेपाल सरकारले भारतीय फूल आयातमा प्रतिबन्ध लगाएको छ । खुला सिमानाको कारणले गर्दा पनि फूल चोरीबाटोबाट पनि नेपालमा भित्रिन सक्दछ । हामी नेपाली आफ्नै कृषकको बारीमा गएर किन्ने र भारतीय फूललाई खरिद नगर्ने हो रकम विदेशिन रोकिन्छ  भने नेपाली कृषकलाई खेती गर्न प्रोत्साहन मिल्दछ । छातिभित्र देशको माया छ भने हामीले स्वदेशी उत्पादन प्रयोग गर्ने गर्नुपर्छ । अतः तिहारमा पनि स्वदेशी फूल र मालाको प्रयोग गरौं । सरकारले पनि भारतीय बजारबाट फूल आयात रोक्न चेकजाँचमा कडाई गर्नुपर्छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button