सुनसान

पिपला ढुङ्गाना

सुनसान छ समयको घडी
सायद ब्याट्री छैन यसमा
अझ भनौँ तागत छैन चलमलाउने
मान्छेका प्रेम र घृणाको पनि छैन पर्बाह
वेपर्वाह हुनुमा न त हर्ष छ न त विस्मात
कौवालाई बेल पाक्नु र दुनियाँमा अनेक परिवर्तन हुनु
एकै हो उसका लागि
पर्बाह गर्दा गर्दा थाकेपछि
सायद कोहि यतिविघ्न वेपर्वाह बन्छ
र केवल गरिरहन्छ
अक्सिजन र कार्बनडाइअक्साइडको कारोवार
र पनि
एउटा जिउँदो विवशता तिर इङ्गित गर्दै
फलाकिरहन्छन् मान्छे
क्या आरामले बाँचेको छ
क्या निस्फिक्री बाँचेको छ
ए दुनियाँ
कोहि भनिदेउ न मलाई
के जिँउदो हुनु र बाँच्नु एकै हो?

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button