तिहारमा पनि तनहुँ जलविद्युत आयोजनाको काम सूचारु

दमौली खबर संवाददाता
तनहुँ, कात्तिक ६ गते । तिहार पनि तनहुँ जलविद्युत  आयोजनाले काम निरन्तरता दिने भएको छ ।  निर्धारित समयमा काम सम्पन्न गर्ने उद्धेश्यले  तिहारमा पनि तनहुँ जलविद्युत आयोजनाको काम भईरहेको हो । तिहार सुरु भईरहेपनि काम तिब्र रुपमा निरन्तर भईरहेको आयोजनाले जनाएको छ  ।
तिहार बिदाको समयमा नेपाली र विदेशी दुवै कामदारबाट काम भइरहेको आयोजना निमित्त प्रमुख राजभाई सिल्पाकारले जानकारी दिनुभयो  । ‘तिहारले गर्दा काममा अवरोध छैन निरन्तर भइरहेको छ’ शिल्पाकारले भन्नुभयो । समयमा नै काम पुरा गर्न चाडपर्वको समयमा पनि काम तीव्रगतिमा भईरहेको र तिहारको सबै दिन आयोजनाको काम निरन्तर रुपमा अगाडी बढ्ने आयोजनाले जनाएको छ ।  सिनो हाइड्रोले परिचालन गरेको चिनियाँ मजदूरले काम गरिरहेको शिल्पाकारले जानकारी दिनुभयो । प्याकेज एक र दुई गरी दुई ६० जना नेपाली र ४० जना चिनियाँ गरी हाल तीन जनाले निरन्तर काम गरिरहेका छन्’ शिल्पाकारले भन्नुभयो । हाल आयोजनाको प्याकेज एक अन्तर्गत डाइभर्सन टनेल (पानी फर्काउने सुरुङ) को काम चलिरहेको छ । उक्त प्याकेजको ठेक्का सोङ दा–कालिका जेभीले पाएको छ। प्याकेज दुईअन्तर्गतको विद्युत्गृह खन्ने काम सकिएको छ । आयोजना प्रमुख शिल्पकरका अनुसार पानी फाल्ने काम पनि सम्पन्न भएको छ । आयोजनाको प्याकेज दुईअन्तर्गत सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकालीन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका कामको जिम्मेवारी सिनो हाइड्रोपावर लिमिटेडले पाएको छ ।
सिनो हाइड्रोपावर लिमिटेडले ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ५१ मिटर उचाई भएको भूमिगृत विद्यृत्गृहको सुरुङ खन्ने काम सकेको आयोजनाले जनाएको छ । विद्युत्गृहको सुरुङ खन्ने काम सन् २०२० अगष्टबाट सुरु भएको थियो । अब सुरुङभित्र पूर्वाधार निर्माणको काम शनिबार देखि सुरु गरिएको शिल्पाकारले जानकारी दिनुभयो ।
आयोजनाका अनुसार  पानी ल्याउने सुरुङको काम भइरहेको छ । एक हजार चार सय ५० मिटर सुरुङ खन्नुपर्नेमा अहिलेसम्म तीन सय ५० मिटर खनिसकिएको छ । आयोजनाको प्याकेज दुईअन्तर्गत सर्च ट्र्याक जाने पहुँच सुरुङ खन्ने काम पनि सम्पन्न भइसकेको छ । सिनो हाइड्रो कम्पनीले ४३७.१ मिटर लामो सुरुङ खन्ने काम सम्पन्न गरेको थियो। त्यस्तै २८०.८५ मिटर लामो मुख्य पहुँच सुरुङ र बाँधस्थल जाने ३१४ मिटर लामो पहुँच सुरुङ पनि सम्पन्न भइसकेको छ ।  प्याकेज तीनअन्तर्गत प्रसारण लाइन निर्माणका लागि २५ वटा टावर निर्माण सम्पन्न भएको छ। त्यस्तै हालसम्म ४८ वटा फाउण्डेशनको कार्य सम्पन्न भएको छ ।
यो प्याकेजको काम भारतीय कम्पनी केइसीले पाएको छ । प्रसारण लाइन निर्माणका लागि टावर राख्ने जग्गामध्ये तनहुँतर्फको भूभाग प्राप्ति गर्नका लागि मुआब्जा वितरण भइरहेको छ भने चितवनतर्फको जग्गा अधिग्रहण गर्ने प्रक्रिया चलिरहेको छ । दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण हुनेछ । आयोजनाको समग्र निर्माण विसं २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत् प्राधिकरणले ८ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । यसअघि नेपालीको ठुलो चाड दशैंमा समेत आयोजनाले कामलाई निरन्तरता दिएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button