सामान्य बन्दै कोरोना

पछिल्लो समय कोरोना भाइरस संक्रमणको अवस्था सामान्य बन्दै गएको छ । स्वास्थ्य मन्त्रालयको विवरणअनुसार नेपालमा कोरोना संक्रमणको अवस्था सामान्य बन्दै गएको देखिन्छ । कोरोनाको सुरुवाती समयमा १५–१६ वटा जिल्लाहरुमा दैनिक ५ सयभन्दा बढी संक्रमण भेटिएपनि पछिल्लो समय अहिले संक्रमण कम भेटिन थालेको छ । अहिले देशभर दैनिक पाँच सयभन्दा कम संक्रमण मात्र भेटिएका छन् ।

पछिल्लो समय सक्रिय संक्रमित संख्या दिनप्रति दिन घटदै गएको छ । अहिले तनहँु जिल्लामा संक्रयि संक्रमितको संख्या ७९ रहेको छ । जहाँ सबै संक्रमित होमआईशोलेसनमा बसेका छन् । तनहँुमा कोरोना संक्रमणको दर हेर्ने हो भने गण्डकी प्रदेशको दोस्रो जिल्लामा पर्दछ तर, अब तनहँुमा कोरोना संक्रमणमा सामान्यतर्फ गइरहेको छ । जिल्ला स्वास्थ्य कार्यालय तनहँुको अनुसार व्यासमा २१ संक्रयि संक्रमित रहेका छन् । त्यस्तै अन्य स्थानिय तहमा पनि अहिले कोरोना संक्रमणको दर कम हुँदै गएको छ ।

पछिल्लो समय अस्पतालको आइसोलेसनमा बस्ने संक्रमित छैनन् । अस्पताल तथा सरकारले निर्माण गरेको आइसोलेसन सेन्टरहरु खाली रहेका छन् । संक्रमितहरु अहिले होम आइसोलेसनमा रहेर उपचार गराइरहेका छन् ।

अहिले तरकारी, किराना, हार्डवयेर, मासु पसल लगायतका पसलहरू दिनभरी नै खुला रहन्छन्। पहिले मास्क लगाएर बजारमा हिँडिरहेको देखिन्थ्यो। तर अहिले थोरै व्यक्तिले मात्र मास्क प्रयोग गरिरहेका छन्। यसले पनि मानिसमा कोरोनाको त्रास विस्तारै घट्दै गएको देखिन्छ।

व्यास ३ का विष्णु गिरीले भौतिक दूरी कायम गरेर स्वास्थ्य सुरक्षालाई ध्यान दिएर मानिसहरू विस्तारै आफ्नो नियमित काममा फर्कन थालेका बताए। ‘सधैं घरमा बसेर पनि नहुने रैछ भनेर काममा निस्कन थालेका छन्’, उनले भने, ‘मान्छेमा पहिलेको जस्तो त्रास देखिँदैन।’ जिल्लामा एक हजार तीन सय ६२ पुगेको संक्रमित संख्यामा एक हजार दुई सय ५४ निको हुनेको संख्या रहेको छ । जिल्लामा हाल सम्म संक्रमणबाट ज्यान जानेको संख्या २१ पुगेको छ । कोरोना भाइरस संक्रमण कम भएपनि कोरोना संक्रमणको दोस्रो लहरको सम्भावना रहेको जनस्वास्थ्य विज्ञहरुले बताइरहेका छन् । उनीहरुले अहिले कोरोना संक्रमण सामान्यतर्फ गएको भन्दै सुरक्षा सतकर्ताको पालाना नगर्दा ठूलो संकट आउन सक्ने बताएका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button