नदीनालाको अतिक्रमण नगरौं

हरेक वर्ष नेपालमा पहाड र हिमालमा बाढी, पहिरो र तराईमा डुबानले जनधनको ठुलो क्षति गर्दछ । नदी, खोला तथा नालाको अतिक्रमण गर्ने, जथाभावी रुपमा सडक निर्माण गर्ने जस्ता कारणले गर्दा क्षति वर्षेनि बढ्दै गएको छ । यस्तो क्षति कम गर्न लागि सरकारी निकायले सार्वजानिक ठाउँको अतिक्रमण रोक्ने, वातावरणीय प्रभावको मूल्याङ्कन गरी सडक लगायतका भौतिक पूर्वाधार बनाउने गर्नु पर्दछ । रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नै नदिनु उपयुक्त हुन्छ । घरमा खोला पुग्नु भन्दा पनि खोलामा घर बनाएकोले क्षति भएको धेरै देखिन्छ । बजार क्षेत्रमा खाली ठाउँ नै नराखि घर बनाउने र सडक पक्की भएको हुँदा वर्षाको पानी जमिनमा सोसिन पाउँदैन । पानी परेको केही बेरमै नदी तथा खोलामा पुग्ने, बस्तीमा पस्ने गर्दछ । खुलाचौरको अभाव र सडक जताततै पीच, कोचिएका घरहरु आदिले गर्दा जमिना पानी रिचार्ज हुन पाउदैन । जमिनमा सोसिन नसक्दा नदी र खोलामा पानीको मात्रा धेरै हुने हुँदा त्यसले जनधनको क्षति धेरै पु¥याउँदछ । घर बनाउदा आगनको लागि जमिन छोड्नु पर्ने, खाली जमिनलाई ढलान गर्न नदिने, खुला ठाउँको संरक्षण गर्ने , माटो समाउन मद्धत गर्ने र स्वच्छ हावा दिने रुख लगाउने जस्ता कार्य गर्नुपर्दछ । अतिक्रमण गरि बनाएका संरचना भत्काउनु पर्दछ । भत्काउन थालियो भने मात्रै डर भएर अतिक्रमण रोक्न टेवा पुग्दछ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button