चितुवाको आक्रमणबाट जोगिन ध्यान दिऔं

दमौली खबर संवाददाता

तनहुँमा नरभक्षी चितुवाको बिगविगी पुन सुरु भएको छ । केही समय अघि देखि रोकिएको भएपनि दशैंको मुखमा आएर चितुवाले मान्छेलाई आक्रमण गर्ने क्रम पु्नः सुरु भएको छ । नरभक्षी चितुवाको आक्रमणबाट आँबुखैरेनी गाउँपालिका – १ बरादी निवासी प्रेमराज गौलीको छोरी बर्ष ६ की प्रनिशा गौली शनिबार घाईते हुनु भएपछि फेरी चितुवा आंतक मच्चाउने देखिएको छ । आफ्नै घरको आगनमा खेलिरहेको चितुवाले आक्रमण गरी घाईते घर देखि १० मिटर लगेको अवस्थामा निजकै वुवाले थाहा पाई तत्काल उद्धार गर्न सफल हुनु भयो । तनहुँमा चार वर्षको अवधिमा १४ जना बालबालिकाले ज्यान गुमाई सकेका छन् । जंगलमा आफ्नो आहारा नपाएपछि चितुवा खाना र पानीको लागि बस्तीमा आउने हुँदा त्यस तर्फ बढी ध्यान केन्द्रीत हुनुपर्छ । चितुवाको आहारा, बँदेल, खरायो, मृग जस्ता मानिसले मारेर खायौ भने त्यसको बदलामा हामीले हाम्रो छोराछोरी गुमाउनु पर्ने हुन्छ । चितुवाको आहारा हामीले मास्न हुँदैन भने वन जंगलमै भुल्ने वातावरणको लागि पोखरी निर्माण गर्ने आहाराको व्यवस्था मिलाउनु पर्छ । नरभक्षी चितुवाले पटक पटक मानिसलाई आक्रमण गर्ने भएकाले तत्कालै पासोमा पार्ने उपायहरु अबलम्बन गरिनु पर्दछ । नत्र चितुवाले फेरी पनि आक्रमण गर्न सक्दछ । तनहुँमा नै किन नरभक्षी चितुवाको आंतकं फैलियो भन्ने कुराको अनुसन्धान गरी आतंक रोक्न ढिलो गर्नुहुँदैन किनकी मानव जीवन अमूल्य छ ।

Show More

Related Articles

Check Also
Close
Back to top button