आयोडिन महिनामा सचेतना जगाउँदै नगरपालिका

सरकारले हरेक वर्ष फे्रबरी महिनालाई ‘आयोडिन महिना’को रुपमा मनाउँदै आईरहेको छ । व्यास नगरपालिकाले पनि पहिलो सातामा सचेतना मुलक कार्यक्रम गरि आयोडिन महिना मनाएको छ । आयोडिनयुक्त नुनको थप प्रवद्र्धन गर्न र यसको कमीबाट हुने रोगलाई निवारण गर्ने ध्येयले नगरपालिकाले पनि आयोडिन महिनाको रुपमा मनाउदै आएको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।

नगरपालिकाका स्वास्थ्यकर्मी कर्मचारी लगायत अन्यको उपस्थितीमा सचेतना ¥याली गरि अन्तकृया कार्यक्रम पनि गरेको छ । कार्यक्रममा तातोले आयोडिन नष्ट हुने भएकाले तापक्रम कम हुने क्षेत्रमा राख्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव थियो । त्यस्तै व्यापारीहरुले नुनको बोरोहरु बाहिरी राख्ने गर्नाले आयोडिन नष्ट हुनाले बाहिरी र खुल्ला रुपमा राख्न नहुने स्वास्थ्य शाखा प्रमुख सोतीले बताए । त्यस्तै विभिन्न विद्यालय तथा स्वास्थ्य संस्थामा पुगेर सचेतना मुलक कार्यक्रम गरिने उनले जानकारी दिए ।

स्वास्थ्यसँग सम्बन्धित विषय भएकोले विद्यार्थीमार्फत समाजमा आयोडिनबारे ज्ञान फैलाउन सक्ने हुँदा विद्यालयकेन्द्रित कार्यक्रम दोस्रो साताबाट गर्ने बताए । साथै, स्वास्थ्य संस्थामा समेत बिरामीको चाप बढी हुने हुँदा त्यस क्षेत्रमार्फत कार्यक्रम गरेर आमनागरिकलाई सचेत गराइएको उनको भनाइ छ । ‘आयोडिनसम्बन्धी सामुदायिक विद्यालय,स्वास्थ्य संस्था, विभिन्न क्षेत्रमा लाग्ने बजार क्षेत्रमा ¥याली गरि सचेतना फैलाउने कार्यक्रम गरिरहेका छौ’।

‘पछिल्लो सर्वेक्षण अनुसार नेपालमा ९१ प्रतिशत परिवारले आफ्नो भान्छामा आयोडिनयुक्त नुनको प्रयोग गरेको पाइएको छ’, उनले भने, ‘बाँकी ९ प्रतिशत परिवारलाई पनि आयोडिनको प्रयोग गराउन सरकारले कदम चालिरहेको छ ।’ आयोडिन सबै सजीव प्राणीका लागि नभई नहुने खाद्य तत्व भएकोले घरपालुवा जनावरलाई पनि आयोडिनयुक्त नुन नै खुवाउन उनले आग्रह गरे ।

‘आयोडिनको कमीले मानिसमा जस्तो समस्या आउँछ हामीले पाल्दै आएका वस्तुभाउमा पनि त्यस्तै प्रकृतिको समस्या देखिन सक्छ’, उनले भने, ‘त्यसैले नुन खाने जनावरलाई पनि आयोडिनयुक्त नुन नै खुवाउनुपर्छ ।’ आयोडिनको कमीले मानसिक तथा शारीरिक वृद्धि विकासमा अवरोध पुग्न सक्ने हुँदा हरसमय आयोडिनयुक्त नुनको प्रयोग गर्न उनले सुझाव दिए । नेपालमा अझै पनि आयोडिनको कमीबाट हुने नकारात्मक असरबारे सबैलाई जानकारी नभएको हुँदा जानेका व्यक्ति वा परिवारले थाहा नभएकाहरुलाई जानकारी गराइदिन पनि उनले आग्रह गरे ।

‘कतिपयलाई अझै पनि आयोडिनबारे थाहा छैन’, उनले भने, ‘भएकाले पनि सही प्रयोग गर्न नजान्दा समस्या देखा पर्छ ।’ पछिल्लो समय धेरै मानिसहरुमा देखिन थालेको ग्रन्थी (थाइराइड) सम्बन्धी समस्या पनि आयोडिनकै कमीले भएको उनले बताए । ‘गर्भवती महिलाले त झन् आयोडिन छुटाउनै हुँदैन’, उनले भने, ‘गर्भ तुहिने, मृत बच्चा जन्मिने, अपाङ्गता भएका बच्चा जन्मिने लगायतका समस्या पनि आयोडिनकै कमीले हुने गर्छ ।’ आयोडिनको नियमित प्रयोगले मातृशिशु मृत्युदरलाई घटाउनसमेत मद्दत पुग्ने उनको भनाइ छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button