३४ नयाँ संक्रमित फेला

दमौली खबर संम्बददाता
साउन २८, दमौली । बुधबार तनहुँमा कोरोना संक्रमणबाट एक ऋपुरुषको निधन भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार व्यास १४ का ५१ वर्षीय पुरुषको संक्रमणबाट ज्यान गएको हो । गत २५ गते संक्रमण पुष्टि भएको ती पुरुषको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुत्यु भएको हो । यो सँगै जिल्लामा संक्रमणबाट ज्यान जानेको संख्या एक सय १६ पुगेको छ ।

त्यस्तै यता पछिल्लो २४ घण्टामा तनहुँमा ३४ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । जिल्लामा गरिएको कोरोना परिक्षणमा १७÷१७ जना महिला पुरुषमा संक्रमण देखिएको हो । यो सँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या चार सय ४३ पुगेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button