अक्सिजन पाल्न्ट निमार्ण गर्न बतास ग्रुपलाई एक लाख सहयोग

राजेन्द्र परियार

कोरोना भाइरसको महामारी अहिले देशैभरी रहेको छ । नेपालको विभिन्न ठाँउमा संक्रमितहरुले अक्सिजन नपाएर ज्यान गुमाएका छन् । देशभर रहेका अक्सिजन पाल्न्टले प्रयाप्त मात्रमा अक्सिजन उत्पादन गर्न सकिरहेको छैनन् यस्तो अबस्थामा बिभिन्न संघ संस्थाहरुले निजि क्षेत्रबाट अक्सिजन पाल्न्ट खोल्नका लागि सरकार संग सहकार्य गरिरहेका छन् । यस्तै निजि क्षेत्रको व्यावसायीक बतास समुहले पनि अक्सिजन पाल्न्ट खोल्ने निर्णय गरे संगै देश बिदेशबाट सहयोग जुटेको छ । तनहुँको व्यास ३ घरभई हाल हंङकंङमा रेस्टुरेन्ट व्यवसायी संचालन गर्दै आएका सेफ एबंम समाजसेवी मोहन बतासले बतास ग्रुपले निमार्ण गर्न लागेको अक्सिजन पाल्न्टका लागि भनेर एक लाख सहयोग गरेका छन् । उनले भने अक्सिजन अभावका कारण केहीले पनि ज्यान गुमाउन नपरोस भनेर सहयोग गरेको हु ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button