संक्रमित उपचार नपाएर मरे पछि नेता जोशीको फोन सिडिओलाई “ उपचार नपाएर कोही नमरुन ”

दमौली
तनहुँको भानु १ का ६४ बर्षीय वृद्धले समयमै उपचार नपाएर ज्यान गुमाएपछि जिल्लाको माहोल अहिले तातेको छ । बिषेश गरी दमौली जिल्ला अस्पतालले केही दिन अघि मात्र कोभिड १९ का संक्रमितलाई उपचार गर्ने भनेर आइसोलेसन र आईसियु वाड तयार परिएको भनेर स्पष्ट पारेको थियो तर हिजो संक्रमितले अस्पतालमा भर्ना हुन नपाई ज्यान गुमाएपछि जिल्लाबासी दमौली अस्पताल प्रति प्रश्न उठाएका छ । यता दमौली अस्पतालले भने आफुहरुको तर्फबाट कुनै कमजोरी नरहेको बताएको छ । पुर्व जानकारी बिना ल्याइएकोले अस्पतालमा भर्ना गर्न नसकिएको र पोखरा रिफर गरिएको अस्पतालको भनाई छ ।


यता नेपाली कांग्रेसका पुर्व सहमहामन्त्री गोविन्दराज जोशीले प्रमुख जिल्ला अधिकारी सागर आचार्यलाई टेलिफेन गरी घटनाको बारेमा जानकारी लिएका छन् । नेता जोशीले आउने दिनहरुमा संक्रमित उपचार नपाएर मर्न पर्ने अबस्था सिर्जना नहुन आवश्यक कदम चाल्न सिडिओलाई निर्देशन दिएका छन् । उनले भने मैले सिडिओलाई आउने दिनहरु यस्ता खबर सुन्न नपरोस भनेको छु । चाहे जस्तो सुकै संक्रमित होस अस्पतालमा भर्ना गरेर उपचार प्रकृया आगाडी बढाउनु होस । कुनै पनि बिरामीलाई उपचार बिना फिर्ता नगर्नुहोला भनेर भनेको छु ।

प्रमुख जिल्ला अधिकारी आचार्यले आफु यसै बिषयमा केन्द्रित रहेर काम गरिरके बताएको बुझिएको छ । आचार्याले आफुले टेक्निकल कुराहरु र आइसोलेसन वाड व्यावस्थापन गर्न अस्पताल प्रसाशनलाई निर्देशन दिएको र आउने दिनमा संक्रमित उपचार नपाएर फर्कन पर्ने अवस्था नआउने बताएका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button