प्रतिनिधिसभा विघटनविरुद्ध वडाहरुमा काँगे्रसको विरोध प्रदर्शन

प्रतिनिधिसभा पुर्नस्थापना एजेण्डा नबनाए पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विहिबार विरोधको दोस्रो चरण अन्तर्गत देशभरका वडाहरुमा प्रदर्शन गरेको छ । कांग्रेसले देशभरका ६ हजार ७ सय ४३ वडामा विरोध प्रदर्शन गरेको हो। प्रतिनिधिसभा विघटन असंवैधानिक कदम भएको भन्दै कांग्रेस विरोधमा उत्रिएको छ । यसैबीच तनहँुको १० वटा स्थानिय तहका ८५ वटै वडामा विरोध प्रदर्शन गरेको छ ।

व्यास नगरपालिकाका १४, शुक्लागण्डकी नगरपालिकाका १२, भानु नगरपालिकाका १३, भिमाद नगरपालिकाका ९, ऋषिङ गाँउपालिकाका ८, आँबुखैरेनी गाँउपालिकाका ६, बन्दिपूर गाँउपालिका ६, म्याग्दे गाँउपालिकाका ७,घिरिङ गाँउपालिकाका ५ र देवघाट गाँउपालिकाका ५ वडामा विरोध प्रर्दशन गरिएको काँगे्रसका जिल्ला सभापति वैकुण्ठ न्यौपानेले जानकारी दिए ।

वडाको कार्यक्रम भए पनि तनहुँका हाई प्रोफाइल नेताले सभालाई सम्बोधन गरेका थिए । पार्टी केन्द्रीय सदस्य शंकर भण्डारीले व्यास १, अर्का केन्द्रीय सदस्य गोविन्द भट्टराईले व्यास११, अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले शुक्ला ८ तथा आमन्त्रित केन्द्रीय सदस्य ूुव वाग्लेले व्यास ६ मा भएको सभालाई सम्बोधन गरेका थिए । सभालाई सम्बोधन गदै केन्द्रिय सदस्य वाग्लेले सविंधान माथि प्रधानमन्त्रीले नै हमला गरेको बताए । विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम लोकतन्त्रको हितविपरीत भएको उनले बताए ।

संसद् विघटन गर्ने प्रस्ताव गैरजिम्मेवारीपूर्ण हर्कत भएको भन्दै उनले यसको सबै ढंगबाट प्रतिवाद गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा व्यास ६ का वडा अध्यक्ष सुर्यभक्त भण्डारीले विधिको शासन र लोकतन्त्र रक्षाका लागि गाउँगाउँबाट संघर्ष गर्नुपर्ने बताए । उनले प्रधानमन्त्री केपी ओलीको मनपरितन्त्र र संविधानमाथि भएको आक्रमणको विरुद्धमा गाउँगाउँबाट विरोध गर्दै एकीकृत हुनुपर्ने आवश्यकता रहेको बताए । उनले अहिले देशलाई चुनौती परेका बेला सानातिना मतभेदलाई थाती राखेर सबैले एक ठाउँमा उभिएर लोकतन्त्रको रक्षा गर्न लाग्नुपर्ने बताए ।

पार्टीका वडा कार्यवाहक सभापति गंगाबहादुर के.सीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम सचिव मोहन भण्डारीले गरेका थिए । केन्द्रीय सदस्य भण्डारी बाहेक अन्य सबैले आफ्नो वडा तथा क्षेत्रमा सम्बोधन गरेका थिए । केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा राष्टूपति विद्यादेवी भण्डारीले गत पुस ५ मा प्रतिनिधिसभा विघटन गरेकी थिइन्। कांग्रेसले दोस्रो चरणको आन्दोनअन्तर्गत माघ ३ गते ७५३ स्थानीय तहमा र गत पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो । पहिलो चरणअन्तर्गत कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा विघटन विरुद्ध विरोध प्रदर्शन गरेको थियो ।

प्रतिनिधिसभा विघटनको घटना असंवैधानिक भने पनि कांग्रेसले यसविरुद्धको मुद्दा अदालतमा पुगेकाले संसद पुर्नस्थापनाको मागलाई भने एजेण्डा बनाएको छैन। प्रतिनिधिसभा विघटनपछि त्यसको विरोध कार्यक्रमसँगै नेपाली कांग्रेसले निर्वाचनको तयारी पनि गरिरहेको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रीत विरोध कार्यक्रम गरिसकेको कांग्रेसले बिहीबार वडास्तरको विरोध कार्यक्रम गर्न लागेको हो ।

विघटित प्रतिनिधिसभामा कमजोर अवस्थामा रहेको प्रमुख प्रतिपक्षी कांग्रेस प्रतिनिधिसभा विघटनसँगै सत्तारुढ दल नेकपामा आएको विभाजनले केही हौसिएको देखिन्छ । सुस्तरुपमा प्रतिनिधिसभा पुनःस्थापनाको माग गरिरहेको कांग्रेस निर्वाचनको तयारमा पनि जुटिरहेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button