दुई सेर एउटै जंगलमा

दमौली खबर संवाददाता
तनहुँ जिल्ला काँग्रेसी किल्ला’ भन्ने पुरानो आख्यान छ । त्यसै जिल्लामा दुई सेर अर्थात दुई जना काँग्रेसी नेताहरु रामचन्द्र पौडेल र गोविन्दराज जोशी सांसद पद (प्रतिनिधी सभा) को चुनाव लड्दै छन् । पहिला पहिला पनि यि दुवै जना जिल्लाको प्रतिनिधी चुनिथ्ये ।
 दुवैजना तनहुँ जिल्लामा शसक्त नेता गनिन्छन् र दुवै जनाले धेरै पटक चुनाव जितेका पनि हुन् तर यिनिहरु एक आफ्समा मनमुटाव (व्यक्तिगत) रिसिवि छ । त्यस्तो रिसिबि अर्थात वैमनस्यता कुनै संैद्धान्तिक नभएर मात्र व्यक्तिगत थिए र छन् । जनताको अगाडी एकले अर्कोलाई भ्रष्ट्राचारीको अभियोग लगाउँछन् । गोविन्दराज जोशी उपर मुद्धा पनि छ । यो कानुनी भाषामा जुनसुकै मुद्धा अभियोग प्रमाणित भएको अन्तिम निर्णय नभए सम्म अपराधी घोषणा गरी उसलाई कुनै पनि व्यक्तिगन काम कुरा गर्न वा राजनीति प्रति अल्झाउने नपाईने कानुनी व्यवस्था थियो र हुँदा हुँदै पनि अघिल्लो संसदीय चुनावमा राजनीतिक प्रतिबन्ध लगाईयो त्यो दुरासय थियो न्यायोचित थिएन । निर्वाचन आयोगबाट प्रतिबन्ध नलगाएर कानुनको मर्म बुझि निर्वाचनमा भाग लिनु दिनु कानुनी राज्यको परिचय दिईएको छ, त्यो नै कानुनी मर्यादा हो ।
     तनहुँ जिल्लाको सदरमुकाम दमौली बजार चैं एउटा जंगल छ त्यहाँ साच्चिकै ठुला बाघ सिंह बस्दथे । त्यसलाई ‘बाघ भञ्ज्याङ्ग’ भनिन्छ । त्यो निर्वाचन क्षेत्र नम्बर १ मा नै पर्दछ । त्यसै क्षेत्रमा यि नै माथिका दुई बाघ अर्थात सिंह छन् चुनावको समयमा बढी लडभिड गर्छन् । अहिले त्यस्तै छ । हेर्दै जाउँ जनतासँग कुन नजिक रहेछ । हुनत  हामीहरु धेरै जसो शक्तिको पछाडी लाग्ने गर्दछौं । अहिले शक्तिमा रामचन्द्र पौडेल अगाडी हुनुहुन्छ भन्ने सुनिन्छ । तर स्थानीय जनताकाहरु गोविन्दराज जोशीलाई बढी माया गर्छन् । साँचो भन्नुपर्दा जिल्लाको विकासको बाटोघाटो, पानी पँधेरो, ठुला ठुला मोटर मार्ग नदीखोलाहरुमा पुल, ठुला विद्युत आयोजना, गाउँ गाउँमा विद्यालय, दमौलीमा शिक्षा तालिम केन्द्र, स्कुलहरुको स्थापना र स्तरहरुको वृद्धि, हजारौं युवाहरुलाई रोजगारी, पुलिस एवम् निजामति, कर्मचारी, शिक्षकहरुको नियुक्ती आदि अनेकौं व्यक्तिगत र सामाजिक विकासमा उहाँको ठुलो योगदानले सबैको प्रिय हुँदाहुँदै पनि उहाँलाई कसरी अगाडि बढ्न नदिने उनिहरु अगाडी बढ्दा आफू पछाडी परिन्छ कि भन्ने इश्र्याले पनि गोविन्दराज जोशीको खुट्टा तान्ने र गिराउने उद्धेश्यले अरु नेता लागि पर्दछन् जिल्लाको स्थिति यस्तो छ ।
     उहाँले एक दिन आँखाभरी आँसु लिँदै भावुक भएर म सँग एउटा गुनासो गर्नु भएको थियो । ‘‘मैल जिल्लाको स्कुल, खानेपानी, मोटरमार्ग, नदीहरुमा पुल आदि सामाजिक विकासका अनगिन्ति काम छन् । युवाहरुलाई योग्यता अनुसार, पुलिस, निजामति, शिक्षातर्फ रोजगार दिलाएँ तर सबैले ति गुनहरु बिर्से जस्तो लाग्छ’’ कमसे कम मैले गुन लगाएका साथीभाईहरु अहिले जहाँ जसरी कार्यगत हुनुहुन्छ र बस्नु भएको छ उहाँहरुले मबाट लगाईएको गुन सम्झेर विदा लिएर भएपनि एक पटक आफ्नो स्थानीय गाउँ ठाउँ सम्झेर एक पटक आफ्नो स्थानीय गाउँठाउँमा उपस्थित भई भोट दिए कृतज्ञ बन्दै पुनः सेवा गर्ने मौका पाउँने थिंए भनि यो पंत्तिकारसँग भावपूर्ण गुनासो यर्थाथता यहाँ दर्शाउन चाहन्छु ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button