आमाबुबाको स्मृतिमा स्वास्थ केन्द्रमा पाँच लाखको अक्षयकोष स्थापना

दमौली खबर संवाददाता
तनहुँ, मङ्सिर १४ । आफ्नो जन्मस्थानमा खुलेको सामुदायद्धारा सञ्चालित स्वास्थ्य केन्द्रमा एक समाजसेवी परिवारले पाँच लाखको अक्षयकोष स्थापना गर्नु भएको छ ।
भानु –२ नारेश्वटारमा  जन्मिएर हाल काठमाडौं निवासी छोरा पुर्वप्राध्यापक ऋषिकेशर उपाध्याय, छोरीहरु  भुवनेश्वरी कँडेल र सितादेवी पन्तले स्वर्गीय माता÷ पिता भुवनकुमारी उपाध्याय र शेखरिदत्त उपाध्यायको स्मितिमा कोष स्थापना गर्नु भएको हो । सो रकम परिवारले मङ्गलबार एक कार्यक्रमबीच प्रमुख अतिथि भानु नगरपालिकाका प्रमुख आनन्द राज त्रिपाठी, स्वास्थ्य केन्द्रका अध्यक्ष दीपकराज उपाध्यायलाई हस्तान्तरण गर्नुभयो । सो अवसरमा नगर प्रमुख प्रमुख त्रिपाठिले सहयोगी  हातलाई धन्यवाद दिँदै यस प्रकारको सहयोगले समाजमा समाजिक कार्य गर्न अन्य व्यक्तिलाई समेत हौंसला पुग्ने बताउनुभयो ।
अक्षयकोष दाता ऋषिकेशरी उपाध्यायले अक्षयकोषले गरीव दिनःदुखीको उपचारमा सहयोग पुग्नेमा आफू आशावादी रहेको स्वास्थ्य केन्द्रले राम्रो काम गरेमा भविश्यमा पनि सहयोग गर्ने बताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button