आदिकविको वार्षिकोत्सवमा पूर्वमन्त्री जोशीको प्रशंसा नेता पौडेल छक्क

दमौली खबर संवाददाता
दमौली, भदौ १८ ।
आदिकवि भानुभक्त क्याम्पसको ३६औं वार्षिक उत्सव तथा ११औं साधारण सभामा पूर्व शिक्षा मन्त्री गोविन्दराज जोशीको प्रशंसा हुँदा नेता रामचन्द्र पौडेल छक्क परेका छन् । पौडेललाई  जोशीको प्रशंसा मन नपर्ने भएकाले जोशीको योगदानको बारे कसैले बौल्दैनन् भन्ने ठान्ने भएकोले छक्क परेका हुन् ।
     क्याम्पसको वार्षिकोत्सवको प्रगति प्रतिवेदनमा क्याम्पस स्थापनामा जोशीको योगदान रहेको उल्लेख गरिएको थियो । कार्यक्रममा सम्माननित  व्यक्तित्व पूर्व राज्यमन्त्री अमरराज कैनीले नेता जोशीको योगदानको कारणले क्याम्पस स्थापना भएको बताउनुभयो । जोशी शिक्षा मन्त्री हुँदा यस क्याम्पसलाई सरकारी बनाउन चाहनु भएको थियो । तर केही व्यक्तिहरुले आफ्नो व्यक्तिगत स्वास्र्थको कारण क्याम्पसलाई सरकारी हुन दिएका थिएनन् ।
३ दर्जन बढी व्यक्तिहरुलाई सम्मानित गरिएको छ । शिक्षा क्षेत्रमा योगदान पु¥याउने ति व्यक्तिहरुलाई सम्मान गरिएको हो । पूर्व राज्यमन्त्री अमरराज कैनी, जग्गा दाता तमबहादुर दरै, समाजसेवी दामोदर खनाल, प्रा.डा. ईश्वरचन्द्र वाग्ले, प्राज्ञिक भरत काप्mले, अपार पौडेल, डा. शेषरमण न्यौपाने, लगायतका ति व्यक्तिहरुलाई कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दोसल्ला ओढाइ कदरपत्रद्वारा सम्मान गरेका हुन । क्याम्पसलाई विभिन्न क्षेत्रमा सहयोग गर्ने ति दाताहरुलाई सम्मान गरिएको हो । सम्मानले आफुहरुलाई आगामी दिनमा क्याम्पसलाई अरु सहयोग गर्न हौसला मिलेको उनीहरुले बताएका थिए । कार्यक्रमको उद्घाटन गर्दै नेका वरिष्ठ नेता पौडेलले देशमा सूशासनको जग बसाउन आफूलाई प्रधानमन्त्री बन्न चाहेको बताउनु भएको थियो । शान्ति र समृद्धिको बाटोमा मुलकलाई मुलुकलाई लैजान सक्ने र नेतृत्व दिने नैतिक शक्ति आपूmसँग भएको र त्यसबाट विमूख नहुने उल्लेख गर्दै नेता पौडेलले  सामाजिक न्याय, जनतालाई सुरक्षा, सूशासन दिनको लागि आफ्नो कार्यकारी भूमिका भूमिका देशले खोजेको बताउनुभयो ।
प्रधानमन्त्री बनेर देशको सेवा गर्ने समय आएको पौडेलको भनाई थियो । ‘देशमा सूशासन, सामाजिक न्याय तथा समाजवादको लागि राजनीतिमा लागेको हुँ त्यो पुरा गर्न कार्यकारी बन्न बाँकी छ’ नेता पौडेलले भन्नुभयो  ।  सिङ्गो देशलाई सूशासन दिन सक्छु ग्यारेन्टी नगर्ने तर सूशासनको जग बसाल्ने नेता पौडेलले बताउनुभयो । ‘देशलाई कार्यकारी भूमिका दिन बाँकी छ भनेर आँट गरेर म सक्रिय राजनीतिमा छु देशको उन्नती र प्रगति भविष्यमा कसरी गर्न सक्छौं भन्ने दुरदृष्ट्री आफूसँग भएको पौडेलले बताउनुभयो । कार्यकारी भूमिका खेलेर सूशासन दिने सामर्थ आफूसँग भएको पौडेलले दो¥होराउनुभयो ।
 आगामी सङ्घीय निर्वाचनमा तनहुँको क्षेत्र नम्बर १ मा नै आफ्नो उम्मेद्वारी हुने उहाँले सङ्केत गर्नुभयो । कार्यक्रममा प्रतिनिधी सभा सदस्य तथा नेकपा समाजवादीका केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठले प्रत्यक्ष छाडेर समानुपातिकका बस्नुस् भनेको प्रति लक्षित गरी वरिष्ठ नेता पौडेलले आफूसँग प्रत्यक्ष नै लड्ने जोश भएको बताउनुभयो । कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष बह्मादत्त तिमल्सेनाको अध्यक्षतामा भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button