आकर्षक डिजाइनमा म्याग्देको प्रशासकिय भवन शिलन्यास

जनप्रतिनिधी निर्वाचित भएर आएको झण्डै ४ बर्ष पुग्न लाग्दा यहाँको म्याग्दे गाउँपालिकाको प्रशासकिय भवनको शिलन्यास गरिएको छ । भाडाको घरबाट जनतालाई दिदै आएको गाउँपालिकाले वडा नम्बर ४ को नारिङ्गेमा बुधबार धुमधामका साथ भवनको शिलन्यास गरेको हो ।

भवनको पूर्व सभामुख तारानाथ रानाभाट र गाउँपालिका अध्यक्ष मायादेवी रानाले संयुक्त रुपमा शिलन्यास गरेका हुन् । शिलन्यासपछि कार्यक्रमलाई सम्बोधन गर्दै स्थानिय सरकारले जनतालाई छिटो र छरितो सेवा दिनुपर्ने बताए । उनले भवनको गुणस्तरियतामा ध्यान दिन कर्मचारी र जनप्रतिनिधीलाई उनको सुझाव छ ।

राष्ट्रिय राजनितीको प्रसंगमा प्रधानमन्त्रीले संसद विघटनको लागी सिफारिस गरेको भएतापनि राष्ट्रपतिले फिर्ता गर्नुपर्ने उनको भनाई थियो । उनले नेपकाले सुनौलो अवसर गुमाउदै जनताको मतको अपमान गरेको आरोप लगाए ।

कार्यक्रममा गण्डकी प्रदेश सांसद डोवाटे विक, सरिता गुरुङ, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, समन्वय उपप्रमुख पवित्रादेवी पौडेल व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ, ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी सागर आचार्य, नेकपा प्रदेश कमिटीका सदस्य अतिन्द्रकेशरी न्यौपाने, काङ्ग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आले लगायतले बोल्दै संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको चर्को आलोचना गरे ।

निकै आकर्षक डिजाईनमा बन्न लागेको भवन २ बर्षमा निर्माण सक्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनक अनुसार भवन निर्माण सम्पन्न गर्न १० करोड ३५ लाख ६९ हजार ८ सय ८४ रुपैयाँ लाग्नेछ । चालु आर्थिक वर्षमा ६ करोड ८५ लाख ५० हजार २५ रुपैयाँको काम हुनेछ भने आगामी आर्थिक वर्षमा ३ करोड ५० लाख १९ हजार आठ सय ५८ रुपैयाँको काम हुनेछ । चालु वर्षका लागी गाउँपालिकाले भवन निर्माणमा ३ करोड रुपैयाँ छुट्याएको छ । थप रकम जिल्ला समन्वय समिति कोषमार्फत् प्राप्त हुने रकम, आन्तरिक स्रोतमार्फत व्यवस्थापन गरिनेछ ।

यो वर्षमा प्रोटेक्सन वक्र्स, जमिन मिलाउने, बाटो तयार गर्ने, नाली निर्माण तथा वायोइन्जिनियरिङका काम हुनेछ । आगामी वर्ष तेस्रो तल्ला भवन निर्माण, बाटो कालोपत्रे र गेट तथा पार्क निर्माण गर्ने लक्ष्य राखिएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button