आँबुखैरेनी गाउँपालिकाले जग्गा बर्गिकरण खुल्यो

दमौली खबर संवाददाता

दमौली, चैत ३

तनहुँको आँबुखैरेनी गाँउपालिकामा जग्गाको कित्ताकाट खुलेको छ । जग्गाको वर्गिकरण सम्पन्न भएसँगै जग्गाको कित्ताकाट खुेलको हो । गाँउपालिकाले विभिन्न चरण पार गरि गाँउपालिका भित्रको जग्गा वर्गिकरण गरी स्थानिय भूउपयोग परिषद वाट स्विकृत गरी कार्यन्वयनको लागी वर्गिकरण पुस्तक संलग्न गरि नापी कार्यलय तनहुँ, मालपोत कार्यलयमा तनहुँ, संघिय भुउपयोग परिषद (भूमि व्यवस्था, सहकारी तथा गरीवी निवारण मन्त्रालय, सिंहदरवार), श्री नापी विभाग मिनभवन काठमाण्डौ, प्रदेश भुउपयोग परीषद (भूमि व्यवस्था, कृषि, सहकारी तथा गरीवी निवारणमा पत्र पठाईएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको उपाध्यक्ष दुर्गा अर्यालले दमौली स्थित मालपोत कार्यालय तनहुँ तथा नापी कार्यालय तनहुँलाइ कित्तागत वर्गिकरणको बुक बिहीबार हस्तान्तरण गर्नुभएको थियो । वर्गिकरणमा परेका कित्ताहरु भूउपयोग नियमावली अनुसार कित्ता काट खुलेको गाउँपालिकाले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button