वैकल्पिक मार्ग सञ्चालनमा ध्यान दिऔं

देशका धेरै स्थानमा सडक पुगेका छन् । राजमार्ग आसपास क्षेत्रमा पनि थुप्रै मार्गहरु रहेका छन् । आसपासका सडकहरुलाई स्तरोउन्ती गर्ने हो भने राजमार्गको फराकिलो पार्ने कामले यातायात अबरुद्ध हुँदैन । पृथ्वीराजमार्ग फराकिलो बन्ने काम धमाधम भईहरेको छ । पृथ्वी राजमार्ग बन्द गर्न भन्दा वैकल्पिक मार्गको स्तरोउन्तीमा ध्यान दिन सकियो भने यात्रुलाई सहज हुन्छ भने ढ्ुवानीको कार्यपनि प्रभावित हुँदैन । पृथ्वी राजमार्गको बिमलनगरदेखि घाँसीकुवासम्मको सडक खण्ड १० दिनका लागि फागुन १८ देखि राती ४ घण्टा बन्दगरिएको छ । २७ गतेसम्म उक्त सडक खण्ड राती ४ घण्टा बन्द भएको । यो मार्गलाई बन्द गर्नुभन्दा सगै जोडिएका मार्गलाई स्तर उन्नती गर्न सकियो भने अवरुद्ध हुँदैन । पृथ्वी राजमार्गको मुग्लिन पोखरा सडक विस्तारको क्रममा उक्त खण्ड सडक १० गर्नु सामान्य लागेपनि । वर्षायाम सुरु भएपछि पहिरो खस्ने जोखिम धेरै हुन्छ । माटो राम्रोसँग नबसेको र झार पनि नभएकोले पहिरो धेरै खसेर सडक पटक पटक बन्द हुने अवस्था आउन सक्छ । राती १२ बजेदेखि बिहान ४ बजेसम्म उक्त सडक खण्ड बन्द रहने मुग्लिन पोखरा सडक योजना पूर्वी खण्डले जनाएको छ ।

दैनिक रुपमा अत्यावश्यक सवारी साधन बाहेक अन्य सवारी साधनहरु उक्त समयमा पूर्ण रुपमा रोकी सडक विस्तारको काम गरिने आयोजनाले जनाएकोले बेलैमा सोच बिचार गरेर बैकल्पिक मार्गलाई सूचारु गरियो भने त्यस क्षेत्रका मानिसलाई आवत जावतको लागि मद्धत समेत पुग्ने देखिन्छ । नारायणगढ क्षेत्र जानको लागि २३ किलो मिटर छोटो पर्ने बुद्धसिंह मार्ग पृथ्वीराजमार्गको बैकल्पिक बनाउन सकिन्छ त्यस तर्फ सम्बन्धित निकायको ध्यान जानु पर्दछ । बैकल्पिक मार्ग बनाउन सके पृथ्वी राजमार्गको मुग्लिन पोखरा सडक खण्डको विस्तार गर्ने कार्य भइरहेकाले उक्त कार्यलाई छिटो छरितो र सुरक्षित बनाउन मद्धत पुग्दछ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button