भानुमा चितुवा गणना सुरु

चितुवाको आंतक बढी रहेको जिल्लाको भानु नगरपालिकामा चितुवाको गणना सुरु गरिएको छ । मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन गर्नका लागि डिभिजन वन कार्यालयतनहँुले जङ्गलमा रहेका चितुवा गणना सुरु गरेको हो । डिभिजन वन कार्यालयले अध्ययन टोली सहितले भानुको वडा १ देखि ६ सम्म पर्ने जंगलको विभिन्न स्थानमा क्यामेरा राखेर अध्ययन सुरु गरेको कार्यालयका सहायक वन अधिकृत मनोज रानाभाटले जानकारी दिए । केही समय लगाएर जंगलमा रहेको चितुवा सहित अन्य वन्यजन्तुको संख्यात्मक वृद्धि वा घटेको बारेमा टोलीले अध्यायन गरि संरक्षणको लागि कार्यक्रम अघि बढाउने उनले बताए ।

वन्युजन्तु हिडने जंगलको करिव चार हजार २०० हेक्टर वन क्षेत्रमा ३६ वटा बिन्दु पहिचान गरि ७२ वटा क्यामेरा जडान गरिएको छ । उनले भने,‘ जंगलको विभिन्न भागमा दुबै पट्टि क्यामेरा जडान गरिएको छ । त्यहाँ रहेका चितुवा सहित अन्य वन्यजन्तु क्यामेरामा कैद हुनेछ । ’ उनले थपे,‘ चितुवा सँगसँगै चितुवाका आहारा प्रजाति पनि गणना हुनेछ । ’ उक्त क्यामेरा पन्ध्र तिन सम्म राखिने भएको छ । जङ्गल क्षेत्रमा चितुवाको आहार लोप हुँदै जान थालेपछि चितुवा मानव बस्तीमा पसेर आक्रमण गर्न थालेको बताईएको छ ।

“जङ्गलमा पाइने चितुवाको आहारा सकिए पछि चितुवा आहारा खोज्दै बस्ती छेउछाउ आउन थालेको छ, जसकारण चितुवाले मानवमाथि आक्रमण गरेर ज्यान लिने गरेको देखियो”, उनले भने । चितुवाको आक्रमणबाट एक वर्षमा जिल्लामा छ जना बालबालिकाले ज्यान गुमाएका छन् । तीमध्ये तीन जना भानु नगरपालिकाका हुन् ।चितुवाको आहारा प्रजाति संरक्षणका लागि घाँसे मैदानको अवस्था अध्ययन, पोखरी संरक्षणलगायतका कार्यक्रम समेत ल्याईने उनले बताए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button