संक्रमिततको व्यवस्थापनमा खटिनेलाई उचित व्यवहार गर्न प्रशासनको अनुरोध

दमौली

कोभिड १९ को महाममारीका बीचमा पनि सेवामा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई र सवारी चालकलाई उचित व्यवहार नभए कारबाही गर्ने चेतावनी जिल्ला प्रशासनले दिएको छ । शुक्रबार एक विज्ञप्ती जारी गदै जिल्ला प्रशासन कार्यालय तनहँुले आईशोलेसन र क्वारेन्टाईनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सवारी चालकलाई स्वास्थ्य र सुरक्षाका मापदण्डले पूर्ण पालना गरी आफनो घर,डेरा र समुदायमा फर्कदा कही कतै उचित व्यवहार नभएको गुनासो आएकाले यस्तो नगर्न सबैलाई सचेत गराएको छ ।

कोरोना बाट सक्रंमीत व्यक्तिहरुलाई आईशोलेसनमा राखी उचित रेखदेख र उपचार गर्न एंव घर वा क्वारेन्टिनबाट आईशोलेसन सम्म लैजान स्वास्थ्यकर्मी,सुरक्षाकर्मी र सवारीचालकहरु खटिई सेवा दिईरहेको सबैलाई अवगत रहेको भन्दै प्रशासनले भनेको छ, जोखिमका बीचमा पनि सेवामा खटिनेहरुलाई उचित व्यवहार गरी उनिहरुको मनोबल बढाउन प्रशासनले अनुरोध गरेको छ । प्रशासनका अनुसार स्वास्थ्यकर्मी,सुरक्षाकर्मी र चालकलाई उचित व्यवहार नगरेको पाईएमा कानुनी कारबाही गरिने बताएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button