शिक्षक पेशागत विकासमा केन्द्रित प्राविधिक तालिम

नेपाल शिक्षक संघ जिल्ला कार्य समिति तनहुँले पेशागत विकासमा केन्द्रित प्राविधिक (आइसिटी) तालिम सम्पन्न गरेको छ। उक्त तालिमको समापन नेपाल शिक्षक संघका जिल्ला कार्य समिति तनहुँका अध्यक्ष कमल भक्त पोख्रेलको सभापतित्वमा सम्पन्न भएको छ। समापन समारोहका प्रमुख अतिथि जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिराम वाग्लेले तालीमले शिक्षकहरूको पेसागत विकास एवं प्राविधिक विकासमा सहयोग पुर्याएको भन्दै तालीममा सिकेका सीप अरुलाई कक्षाकोठा सम्म सम्म लैजान आग्रह गरे । उनले पेशागत संगठनले आफ्नो नेतृत्वमा गरेको तालीमले पक्कै पनि शिक्षण विधिलाई प्रविधिसँग जोड्दै वैकल्पिक तथा प्रत्यक्ष सिकाइमा निखारता ल्याउने विश्वास व्यक्त गरे ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, नेपाल शिक्षक संघ संघीय कार्य समितिका महासचिव, अर्थ, पुष्प कला भट्टराई महासङ्घका संघीय ऊपमहासचिव विजयराज पौडेल नेपाल शिक्षक सङ्घ गण्डकी प्रदेशका अध्यक्ष शिरोमणि लामिछाने, शिक्षक सङ्घका पूर्वअध्यक्ष रमेशचन्द हडखले, प्रदेश उपमहासचिव सुलोचना पण्डित, महासंघ जिल्ला अध्यक्ष रामचन्द्र पोखरेल लगायतका वक्ताहरुले तालिम उद्देश्य अनुरुप सञ्चालन गरेकोमा आयोजकलाई धन्यवाद ज्ञापन गरे । कोभिड १९ ले शिक्षाक्षेत्रलाई असहज बनाएको परिस्थितिलाई समेत मध्यनजर गरी शिक्षकलाई वर्तमान समय अनुकूल बनाउँदै पाठ्यक्रम र प्रविधिसँग जोड्दै कक्षा कोठालाई प्रविधि प्रविधिमैत्री बनाउँदै अध्यापन कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ उक्त तालिम संचालन गरिएको बताईएको छ ।

कार्यक्रममा तनहुँ जिल्ला तथा देशैभरका ११६१ जना सहभागीहरुले जुम माध्यमबाटै आफ्नो उपस्थिति जनाएको बताइएको छ। प्रविधिमैत्री शिक्षक समाज केन्द्रिय प्राविधिक समितिका सदस्यसमेत रहेका चण्डी देवी राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षक श्रीकृष्ण आचार्यको संयोजकत्वमा सञ्चालित उक्त तालिममा उनले सहजीकरण गरेका थिए । उक्त तालिममा नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति, स्थानीय तहका कार्यसमितिहरु जिल्ला तथा प्रदेश प्रतिनिधिहरु र एवं विभिन्न विद्यालयका प्र अ, तथा शिक्षकहरूको उपस्थिती रहेको जनाइएको छ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button