वर्षाले पर्यटकीय स्थल मानहुँमा क्षति

दमौली खबर संवाददाता
शंकरराज नहर्की
दमौली, असोज २४ ।
यसैसाता लगाता र परेका बर्षाका कारण तनहुँ जिल्लाका विभिन्न स्थानमा गएको पहिरोले क्षेति पु¥याएको छ । पर्यटकीय गन्तव्य स्थल बन्दै गएको व्यास नगरपालिका वडा नम्बर ५ मानहुँमा अविरल वर्षाले  एक  घर पहिरोका कारण क्षति पुगेको छ । भने मानुङ म्यूटावर होटल समेत जोखिममा परेको छ । स्थानीय वेगम थापा मगरको कटेज अविरल बर्षाका कारण गत २० गते आएको पहिरोले पूर्ण रुपमा क्षति भएको प्रेम राउतले बताए । यसका साथै भण्डै डेढ करोड को लागतमा सञ्चालन  गरिएको मानहुँ म्युटावर होटल पनि जोखिममा परेको होटल सञ्चालक राउतले बताउनुभयो  ।
अविरल बर्षाका कारण तनहुँ जिल्लाका खासगरी पृथ्वी राजमार्गका विभिन्न स्थानमा समेत पहिरो गएको छ । यस अघि व्यास नगरपालिका वडा नम्बर ९ मा पर्ने राजापानी मोटर मार्गमा गएको सुख्खा पहिरोका कारण बैकल्पिक मार्गको प्रयोग गरि यातायातका साधन सञ्चालन गरिएको छ । उक्त मोटरमार्गको व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानेले पहिरोको अनुगमन गरी छिट्टै अन्य विकल्प खोजिने बताउनु भएको थियो । अविरल बर्षाका कारण वडा दशै जस्तो ठुलो चाड मनाउन पनि समस्या उत्पान्न गराएको जिल्ला बासीहरुले भनाई रहेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button