महाधिवेशन र महिला

काँग्रेस पार्टी देशको शान कर्तव्य ठुलो छ
वीपीको विचार लिएर बढौं गन्तव्य ठुलो छ
महिला मान यो कुरा जान सफल हुने छ
नीति र नियम मानेर बढे शिखर छुने छ

आएछ चौधौं महाधिवेशन सफल पार्नु छ
सुझाव लिदै विचार दैदै भावना खार्नु छ
एक र तिहाइ महिला चुनौं पार्टीमा राखेर
नेत्रित्व लिनु युवाले अब विचार भाकेर

यो देशलाई उठाउन अब काँग्रेस चाहिन्छ
सत्कर्म साथ सपना बोके खोजेको पाइन्छ
हे नेता तिमी मिलेर बढ एकता गाँस न
निष्पक्ष भइ चलाए राम्रो देशको शासन

योग्यता हेरी विज्ञता हेरी अवसर दिनु छ
महिला पनि सक्षम हुन्छन् मान्यता लिनु छ
मङ्गलादेवी कसरी बढिन् त्यो राणाकालमा
एकता गाँस्नु पार्टी त्यो हाँक्नु सुरम्य तालमा

बुझेर धर्म लिएर मर्मा लागेर कर्ममा
सीमित हुन्नन् नारी नि अब मेला र पर्ममा
फेरिन्छ रुप देशको अब कर्मठ बनेमा
एकता जाग्छ विमति भागछ मानिस गनेमा

कति छन् यहाँ चुनौती धेरै सामना गर्नु छ
बनेर जाती लिएर छाती कामना गर्नु छ
यो देशलाई हसाउन अब काँग्रेस चाहिन्छ
पाएमा स्थान गरेर मान कसम खाइन्छ

हिमालदेखि तराइसम्म जनता जागेका
लुकाइ आँसु भोगेर दु:ख बिकास मागेका
देशको निम्ति मिलाई हात एक भै उठौंला
सम्झना साँची भावना जाँची कर्ममा जुटौंला

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
  • All
    (गीत)
Back to top button