रेडक्रस कर्मीहरु निस्काम कर्मयोगी भएर मानवसेवामा लाग्नुपर्छ : उपमहामन्त्री न्यौपाने

 

दमाली खबर संवाददाता
फागुन १०

नेपाल रेडक्रस सोसाईटी गण्डकी प्रदेशको दोस्रो साधारण सभा दमौलीमा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन नेपाल रेडक्रस सोसाईटीका केन्द्रिय उपमहामन्त्री हरिप्रसाद न्यौपानेले गरे । कार्यक्रममा बोल्दै उनले रेडक्रस कर्मीहरु निस्काम कर्मयोगी भएर मानव सेवामा लाग्नुपर्ने बताए । उनले रेडक्रसको सात सिद्धान्तको विश्लेषण गदै सोही अनुसार यस सस्थाले काम गदै आएको बताए । उनले भने, “आफनो मानो खाएर अरुको सेवा गर्ने संस्थाको रुपमा यो संस्थाले विश्वभर प्रसिद्धि कमाएको छ । ”जिल्ला समन्वय समितिका प्रमुख शान्तीरमण वाग्लेले नैतिकताको खडेरी परेको बेला रेडक्रसले समाजसेवी र मानवतावादी व्यक्तीहरुको उत्पादन गर्ने गरेको बताए ।

त्यस्तै रेडक्रसका केन्द्रिय सदस्य सुर्यचन्द्र न्यौपानेले समाजसेवामा सकृय रहेको रेडक्रस दुःखको साथीको पहिचान बनाएको बताए । कार्यक्रममा प्रदेशका ११ जिल्लाका रेडक्रसका कर्मचारीहरु मध्ये कास्कीका वरिष्ठ अधिकृत खेमराज सापकोटा, कास्की गोदामघरका प्रमुख लक्ष्मण कोईराला र तनहँुका वरिष्ठ शाखा विकास अधिकृत शिवकाजी पियालाई उत्कुष्ठ कार्य गरेवापत नगद सहित सम्मान गरिएको थियो ।सोही अवसरका भएको निर्वाचनमा म्याग्दी जिल्लाकी सभासद विष्णु रोका गण्डकी प्रदेश उपसभापतिमा चयन भएकी छिन् ।

सभामा गण्डकी प्रदेशले गरेका कार्यहरुको प्रतिवेदन महासचिव बलराम आचार्यले प्रस्तुत गरेका थिए । त्यस्तै कोषाध्यक्ष नारायण प्रसाद घिमिरेले आर्थीक प्रतिवेदन प्रस्तुत गरेका थिए । नेपाल रेडक्रस सोसाईटी गण्डकी प्रदेशका सभापति सुर्य प्रसाद ढकालको सभापतित्वमा सम्पन्न भएको उक्त सभामा व्यास नगरप्रमुख वैकुण्ठनाथ न्यौपाने, प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित,वागमती प्रदेशका सभापति रामजी प्रसाद पौडल, तनहँुका सभापति कृष्णहरि वाग्ले, सभासद रमा न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button