धमाधम आइसोलेसन बनाउँदै तनहँुका स्थानीय सरकार

कोरोना भाइरसको संक्रमण समुदायमै फैलिएपछि तनहँुका स्थानीय तहहरुले धमाधम आइसोलेसन निर्माण गरी सञ्चालनमा ल्याएका छन् । संक्रमित उपचारका लागि व्यवस्था गरिएका अस्पतालमा संक्रमित भरिएपछि स्थानीय सरकार आफैँ आइसोलेसन निर्माणमा जुटेका हुन् । नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले स्थानीय तहमै आइसोलेसन निर्माण गर्न निर्देशिका जारी गरेको थियोे । जिल्लामा समेत संक्रमित बढ्दै गएपछि जिल्ला विपद् व्यवस्थापन समिति तनहँुले व्यवस्थापनका लागि प्रत्येक स्थानीय तहमा आवश्यक पर्ने आइसोलेसन निर्माण गर्ने निर्णय ग¥यो ।

जस अनुसार व्यास नगरपालिकाले व्यास ३ स्थित रहेको पुरानो कृषि विकास बैंकको भवनमा ८० शैयाको आईसोलेसन कक्ष निर्माण गरिएको छ । यस अघि व्यासका संक्रमीतलाई क्रियापुत्री भवनको आईसोलेसन र जिपिको आईसोलेसनमा लैजाने गरिन्थो । अहिले सम्म व्यासमा ४९ जनामा कोरोना संक्रमण फेला परिसकेको छ । जसमा ३४ जना निको भई घर फर्किएका छन् ।

भानु नगरपालिकाका संक्रमीत र नजिकका छिमेकी पालिकाका संक्रमीतलाई उक्त आईशोलेसनमा राखिने भएको छ । अहिले सम्म जिल्लामा सबै भन्दा धेरै संक्रमीत भानु नगरपालिकामा भेटिएको छ । तर भानु नगरपालिका अहिले पनि उक्त पालिकामा निषेधाज्ञा लगाईएको छ । अन्य पालिकामा भने लकडाउन र निषेधाज्ञा हटाई जनजीवन सामान्य रुपमा आईपुगेको छ । त्यस्तै आँबुखैरेनी गाँउपालिका १२ शैयाको आईशोलसन कक्ष निर्माण गरेको छ । बन्दिपूर गाँपालिकाले भने यस अघि नै १५ शैयाको आईसोलेसन निर्माण गरि सकेको थियो । अहिले उक्त आईसोलेसनमा १ जना संक्रमीतको मात्र रहेका छन् ।

यस भन्दा अघि पालिकाले स्थानीय स्वास्थ्य चौकीलाई र कतिपयले सामुदायिक विद्यालयको भवनलाई आइसोलेसनका रुपमा प्रयोग गदै आईरहेका थिए । स्थानीय स्रोत, साधन र जनशक्तिले भ्याएसम्म आइसोलेसनलाई व्यवस्थित गर्ने प्रयास गरिएको स्थानीय पालिकाका स्वास्थ्य शाखाले जनाएका छन् । तनहँुमा आइसोलेसनमा रहेका सक्रिय संक्रमित ८२ जना रहेका छन् । जिल्लामा कुल संक्रमितको संख्या ३ सय नाघिसक्दा ३ जनाको मृत्यु भइसकेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button