#-गजल-#

गजल
योगेश नेपाल अनन्त

थकित भएको मात्र हो मित्र अझै मर्न बाँकी छ
नलेऊ सेतो कात्रो त्यो कालपासमा पर्न बाँकी छ

विश्वासको कम्मर भाँचेर अपाङ्ग पार्यौ तिमीले
घिस्रिन देउ यो जमिनमा कि अझै झर्न बाँकी छ

नजर छोप्दै हिड्नु पर्दैन बेइमानीको घुम्टोले
प्रेम हौं तिमी मेरो मनले तिरस्कार गर्न बाँकी छ

सहानुभूति नदिनुहोस बाँच्ने कुट्नीति सिक्दै छु
यो स्वार्थी लालची दुनियाँबाट पर सर्न बाँकी छ

संघर्षको मौदानमा लगातार दौडिँदैछु जसोतसो
जोसिला रहर यी योगेशका दैवले हर्न बाँकी छ

बुद्धशान्ती १ झापा

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button